मुख्य समाचार देश

मकालु एयरको जहाज दुर्घटना हुनबाट बच्यो

मकालु एयरको जहाज दुर्घटना हुनबाट बच्यो

हुम्ला । मकालु एयरको सिंगल इन्जिनको 9N-AJG कल साइनको जहाज दुर्घटनाबाट बचेको छ । आइतबार बिहान पौने १० बजे ९ यात्रु लिएर सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेका बेला हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि जहाज दुर्घटनाबाट बचेको सिमकोट विमानस्थलका निमित्त प्रमूख राजु महतोले जानकारी दिए ।


उनका अनुसार जहाज एप्रोनबाट १५ मिटर गुडिसकेको थियो अचानक क्याप्टन किरण भट्टराईले थाहा पाएपछि अकस्मात रोकेका थिए ।


जहाज धावन मार्गबाट उडेको भए जे पनि हुन सक्थ्यो निमित्त प्रमुख महतले भने -‘धन्न सुरुमै थाहा भयो।’

 

एप्रोनबाट १५ मिटरको दूरीमा गुडेको उक्त जहाजलाई मकालु एयरका स्थानीय कर्मचारी र अन्य यात्रुले धकेलेर पार्किङ्ग गरेर राखिएको मकालु एयर सिमकोटका प्रमुख लोकन्द्र रावतले जानकारी दिए ।


हाइड्रोलिक लिक भएपछि सिमकोट विमानस्थलमै थन्किएको उक्त जहाज मर्मतका लागि सुर्खेतबाट इन्जीनियर झिकाइने भएको छ ।

दुर्घटना हुम्ला मकालु एयर

विशेष