मुख्य समाचार राजनीति प्रदेश २

प्रधानमन्त्री ओलीको आलोचना गर्दा प्रदेश २ संसदमा हंगामा

प्रधानमन्त्री ओलीको आलोचना गर्दा प्रदेश २ संसदमा हंगामा

 जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा भएको छ ।

 

प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आलोचना गरे । उनले एक मधेस प्रदेश बनाउनु पर्ने र सशस्त्र समूहका नेताहरुलाई वार्तामा ल्याउनु पर्ने माग राखे ।


एमाले सांसद किशोरी साह कमलले प्रदेशसभामा प्रधानमन्त्रीको आलोचना हुन नहुने भन्दै ध्यानाकर्षण गराए ।


तर, उनीपछि बोलेका राजपा सांसद मनिष सुमनले पनि प्रधानमन्त्रीको आलोचना गरे । उनले संघीयता नचाहने व्यक्ति सत्तामा पुगेको तथा पटक पटक मधेसलाई अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्दा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आपत्ति जनाए ।


राजपा महासचिव समेत रहेका सुमनले बोहिरहँदा एमालेका सबै सांसदहरु उठेर विरोध गरे । मण्डलले प्रधानमन्त्रीको आलोचना रेकर्डबाट हटाउनु पर्ने माग गरेका थिए ।


सभामुखले मुख्यन्यायाधिवत्ताको सेवा सुविधासम्वन्धी विधेयक पेश गर्न समय दिएपछि मात्र एमाले संसदहरुले विरोध गर्न छाडेका थिए ।

केपी शर्मा ओली प्रदेश २ संसद आलोचना

विशेष