मुख्य समाचार राजनीति

सूर्य चिह्न माओवादीलाई मान्य नहुने, जनयुद्धमा कुरा मिल्यो

सूर्य चिह्न माओवादीलाई मान्य नहुने, जनयुद्धमा कुरा मिल्यो

काठमाडाै‌ं । माओवादी केन्द्रले एकीकृत पार्टीको चुनाव चिह्न सूर्यमा सहमति नजनाउने स्पष्ट पारेको छ। अध्यक्ष दाहालले एकीकृत पार्टीको सूर्य चिह्ननमा सहमति हुन नसक्ने बताएका छन्।

 

दाहालले सूर्यभित्र हँसिया हथौडा भने मान्य हुने बताएका छन्। ‘सूर्य चिह्नमा सहमति त एउटा पार्टी अर्को पार्टीमा प्रवेश जस्तो हुन्छ, दाहालको भनाई उद्धृत गदै एक सहभागीले भने, ‘विगतमा एमालेले पनि सूर्यभत्र हँसिया हथौडा राखेकै हो,

 

झन्डाहरुमा सूर्यभित्र हँसिया हथौथा राखेर प्रयोग पनि गरेकै हुन, त्यसैले उहाँहरुले सूर्यभित्र हँसिया हथौडा राख्ने विषयमा सहमति जनाउनुहुन्छ जस्तो लाग्दैन, अब चाँडै नै एकताको खाकामा अन्तिम सहमति हुन्छ।’

 

दाहालले जनयुद्धको विषयमा भने कुरा मिलेकाे बताएका थिए । जनयुद्ध र जनक्रान्तिलाई सँगै उल्लेख गरेर जान एमाले सहमत भएको उनले जनाएका थिए ।  याे खबर अाजकाे राजधानी दैनिकमा छ ।
 

माओवादी सूर्य चिह्न जनयुद्ध

विशेष