राजनीति प्रदेश ५

ओलीको ‘उग्र राष्ट्रवाद’ भारत भ्रमणले छर्लङ्ग भयाेः कांग्रेस नेता सिहं

ओलीको ‘उग्र राष्ट्रवाद’ भारत भ्रमणले छर्लङ्ग भयाेः कांग्रेस नेता सिहं

बुटवल । नेपाली कांग्रेरसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उग्र राष्ट्रवाद’ को छवि भारत भ्रमणले छर्लङग भएको बताएका छन् ।

 

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर आफ्नो ‘उग्र राष्ट्रवाद’ छर्लङ्ग पारेको तर्क गरे । 

 

‘विगतमा उहांको उग्र राष्ट्रवाद कसरी प्रस्तुत भएको थियो, आखिर भ्रमण त भारतकै गरेर देखाउनु भो नि,’ कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिंहले भने, ‘उहाँको राष्ट्रवादको विषय इतिहासले मूल्याङकन गर्नेछ ।’

 

नेता सिंहले प्रधानमन्त्रीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने बताए । नेता सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको कांग्रेसको रचनात्मक साथ र समर्थन रहने बताए । तर, लोकतन्त्रका मूल्य मान्यताको तल माथि गरे चुप लागेर नबस्ने दाबी गरे ।

 

देश संघीय संरचनामा गएपनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको २ महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभागहरु गठन हुन नसक्नुले तीन वटै चुनावमा पार्टीले हार बेहोर्नु उनले बताए ।

 

कांग्रेसलाई कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेतृत्व परिवर्तन,सांगठानिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको पनि सिंहले स्पष्ट पारे ।

प्रकाशमान सिंह कांग्रेरस

विशेष