राजनीति भिडियो अन्तरवार्ता

मानवअधिकार आयोगकी मोहना अन्सारीमाथि गम्भीर प्रश्नः सिके राउतसँग सम्बन्ध के हो ? (भिडियाे)

मानवअधिकार आयोगलाई फणिन्द्र नेपालको गम्भीर प्रश्न

मानवअधिकार आयोगकी मोहना अन्सारीमाथि गम्भीर प्रश्नः सिके राउतसँग सम्बन्ध के हो ? (भिडियाे)

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले राष्ट्रिय मानवअधिकार आयोगका पछिल्ल घटनाबारे चासो देखाउँदैआएका छन् । आयोग सदस्य मोहना अन्सारीलाई उनले भेटेरै हालै ज्ञापनपत्र पनि बुझाए ।

 

विवादित छविका व्यक्ति सिके राउतलाई आयोग सदस्य अन्सारीले भेटेकोमा आपत्ति जनाउँदै नेपालसहितको एक टोलीले ज्ञापन पत्र बुझाएको हो । नेपालले सदस्य अन्सारीलाई सिके राउतसँग भेट्नुको स्पष्ट कारण खुुलाउनसमेत माग गरे ।

‘नेपाल विखण्डनको माग गर्ने सिके राउतलाई सदस्य मोहना अन्सारीले षड्यन्त्रपूर्ण तरिकाले आयोगमा बोलाइन् । सिके राउत पृथकतावादी आन्दोलन चलाइरहेका छन्, मोहना अन्सारीको उनीसँगको सम्बन्धको आधार र सीमा के ?’ नेपालले सोधे ।

 

आयोगको सदस्य जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले पृथकतावादी आन्दोलनका मान्छे तथा विवादित व्यक्तिहरुलाई भेट्दा आशंका उब्जेको भन्दै नेपालले आपत्ति जनाए । नेपालले आयोगका सचिव वेद भट्टराईमाथि समेत ‘सिके राउतलाई किन भेटियो ?’ भन्दै प्रश्न गरेका छन् ।

नेपालले आफ्नो ज्ञापनपत्रमा जनतालाई समान अधिकार प्रत्याभुत गर्नका लागि स्थापना भएको मानअधिकार आयोग जस्तो सम्मानित संस्थाले विभेदकारी काम गरेको, आयोगबाट आपारदर्शी काम गरेको, आयोगका कर्मचारीले आर्थिक चलखेल गरेको, गैरजिम्मेवारी काम गरेको लगायत आरोप लगाएका छन् ।
  

टीकापुर घटनामा पनि आयोग उदासिन रहेको उनको गुनासो छ । साथै आयोगका कार्मचारीका कारण आयोगप्रति आमजनताको विश्वास गुमेको उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन् । यसरी आयोगको विश्वसनीयतामाथि प्रश्न उठेको उनले बताए । नेपालले आयोगका अध्यक्ष अनुपराज शर्माको क्षमतामाथि समेत प्रश्न गरेका छन् ।

 

सदस्य अन्सारीले ज्ञापनपत्र बुझ्दै यस विषयमा आयोगले एक हप्ताभित्र स्पष्ट पार्ने बताएकी छन् । तर, सिके राउतलाई भेटेको भन्ने विषयमा उनी खुल्न चाहिनन् । ‘मानवअधिकार आयोग संस्था हो संस्थाले नै सबै कुराको निर्णय गर्छ’ उनले भनिन्, ‘म एक्लै केही होइन’ ।

 

सचिव भट्राईले मानवअधिकार आयोगमाथि लगाइएका आरोप असत्य भएको दाबी गरेका छन् । नेपालआजसँग कुरा गर्दै अभियान्ता नेपालले भने सदस्य अन्सारीले चित्तबुझ्दो जवाफ नदिएको बताए । उनले भने, ‘उहाँहरुको जवाफ चित्त बुभ्दो छैन, एक हप्ताको समय माग्नु भएको छ, हेरौँ एक हप्तामा के गर्न हुन्छ ।’
 

फणिन्द्र नेपाल सिके राउत मोहना अन्सारी मानवअधिकार आयोग

विशेष