विचित्र विश्व

उडुसले टाेक्दा १६ कराेड रूपैयाँ क्षतिपूर्ति

उडुसले टाेक्दा १६ कराेड रूपैयाँ क्षतिपूर्ति

क्यालिफोर्निया। अमेरिकी राज्य क्यालिफोर्नियाको एक परिवारकाे छाेरालार्इ उडुसले टाेक्दा १६ लाख डलर (करिव १६ कराेड रूपैयाँ) क्षतिपूर्ति पाएका छन् । उनीहरुले छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै अदालतमा अमुस्मेन्ट सिक्स अपार्टमेन्टविरूद्ध क्षतिपूर्तिकाे मागदावीसहित मुद्दा दायर गरेका थिए ।

 

द न्यूयोर्क टाइम्सले सिभिल जुरीले उडुसले टोकेको मुद्दामा अमुस्मेन्ट सिक्स अपार्टमेन्टबाट यतिका धेरै क्षतिपूर्ति दिलाएकाे हाे । वकिलका अनुसार एउटै परिवारलाई उडुसले टाेकेर यतिका धेरै क्षतिपूर्ति दिलाएको अमेरिकामै पहिलो घटना हाे । याे घटना २०१२ को हो ।

 

३४ बर्षीया लिलना मर्टिनेज्को परिवार क्यालिफोर्नियको इङ्लेउड भन्ने स्थानको एक अपार्टमेन्टमा बस्न पुगेका थिए । तिनीहरुको ३ वर्षीय छोरा जर्ज मार्भिल्लको अनुहारसहित शरीरका विभिन्न भागमा रातो दाग देखा पर्यो । अस्पतालमा जचाउन जाँदा त्यो उडुसले टोकेर भएको बताइयो ।

 

'जव मैले त्यो देखें म डराएँ, यसअघि मैले त्यस्तो चिज देखेकै थिइन' लिलना मर्टिनेज्ले भनेकी छन् । उनीहरुले तीन महिनाकी छोरीलाई पनि उडुसले टोकेको बताएकी छिन् ।

 

उनीहरुले बारम्बार अपार्टमेन्ट व्यवस्थापनलाई भन्दा पनि समस्याको स्थायी समाधान नभएको र दुई वर्षपछि उक्त स्थान छाडेको बताइएको छ । यही मुद्दामा सिभिल जुरीले अमुस्मेन्ट सिक्स अपार्टमेन्टलाई उक्त क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।

अमेरिका उडुस क्यालिफोर्निय

विशेष