ढुंगाले टाउकामा लाग्दा एक जनाको मृत्यु

रुकुम । चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको सोमबार बिहान ढुंगाले लागेर मृत्यु भएको छ।
खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले टाउकामा लाग्दा मल्ल गम्भीर घाइते भएका थिए।
उनको चौरझारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।