मुख्य समाचार राजनीति

संविधान संशोधनका लागि आन्दोलनकाे विकल्प छैनः राजेन्द्र महतो

संविधान संशोधनका लागि आन्दोलनकाे विकल्प छैनः राजेन्द्र महतो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै राष्ट्रिय जनता पार्टी नेता राजेन्द्र महतोले आन्दोलनको चेतावनी दिएका छन्।

 

महतोले आफूहरुले आन्दोलनबाटै अधिकार प्राप्त गर्दै संविधान संशोधन नभएसम्म फेरी आन्दोलन गर्ने बताएका हुन् । संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । 

 

प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार गरेको बताउँदै महतोले भने, ‘प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि नै संसदमा संविधान संशोधन गर्ने वाचा गरेका थिए ।

 

सोही सन्देश भारतलाई पनि गएको थियो । अब भारतबाट उहाँ फर्किनु भएको छ, संविधान संशोधनलाई अगाडि बढाउनु पर्छ।’ आफूहरु निरन्तर आन्दोलनमा रहेकोले आन्दोलनबाट नभाग्ने बताउँदै महतोले भने,‘ओलीजीसँग सदनमा दुई तिहाई छ ।

 

संविधान संशोधन प्रक्रिया अगाडि बढाइएन भने हामी फेरि आन्दोलन मै जान्छौं। आन्दोलन बाहेकको विकल्प छैन।’

राजेन्द्र महतो आन्दोलन

विशेष