अन्तरवार्ता भिडियो स्ट्रेट फरवार्ड

भारतका राष्ट्रपतिलाई नेपालमा ढुंगा हानिन्छ भनेर ‘कर्फ्यु’ लगाइयो (भिडियोसहित)

भारतका राष्ट्रपतिलाई नेपालमा ढुंगा हानिन्छ भनेर ‘कर्फ्यु’ लगाइयो (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको इमानमा शंका गर्नु  भएको छ । नाकाबन्दीको समयमा ओलीले लिएको अडान र गरेको प्रतिरोध प्रशंसायोग्य भए पनि पछिल्लो समय ओली स ंशयको घेरामा परिसकेको बस्न्यातको दावी छ । नेपालआजमा डा. बस्न्यातको नियमित भिडियो स्तम्भ ‘स्ट्रेट फरवार्ड'मा बोल्दै उहाँले भन्नु भएको छः 

 

‘निर्वाचन अगाडिको केपी ओली र अहिलेको केपी ओलीमा फरक छ । भारत भ्रमणबाट फर्केर आएपछि त केपी ओलीको  इञ्जिन नै फेरिसकेको महशुस गरिरहेको छु । उनका अभिव्यक्ति, क्रियाकलाप आदिलाई नजिकबाट नियालिरहेको छु । जसबाट  मलाई शंका लागेको हो ।

 

सन १९५० को सन्धिलाई तपाईहरुको टेलिभिजनमा धेरै राम्रो हो भनेर पनि प्रचार भएको मैले सुने । तर नेपाल र भारतबीच  भएको १९५० को सन्धिलाई म इभिल ट्रिटी भन्न रुचाउँछु । सन्धिका दुुई धाराले नेपालको स्वाधीन अधिकार कुण्ठित गरेको छ  । ।अहिले पनि भारतको सोचाईमा हामी स्वतन्त्र छैनौं । भारतले भुटानकै श्रेणीमा राखेर नेपाललाई हेर्र्छ । अहिले पनि भारतले उत्तरी सिमाना हिमालय क्षेत्र हो भन्छ ।  तर औपचारिक रुपमा भन्न सक्दैन । 

 

नेपाल सधै भारतमुुखी रहिरहोस् भन्ने उसको राष्ट्रिय चाहना हो । 


प्रधानन्यायाधीश भएको खिलराज रेग्मी जस्तो मान्छेलाई समेत प्रयोग गरेर भारतले लाखौ भारतीयलाई नेपालको नागरिकता  दिलाउन सफल भयो । नेपालका सबैजसो नेताहरुको घाँटी भारतले समाएको छ । राजा महेन्द्रले आफ्नो कालमा पूर्वपश्चिम  राजमार्ग, तिब्बतसँग बाटो खोल्ने काम गरेका थिए । भारतले त्यो चाहँदैन थियो । तर गरे त राजा महेन्द्रले । यसकारण लोकतान्त्रिक व्यवस्था मात्रै सधै उपयुक्त हो मान्न सकिन्न । एक राजाले गरे जति काम नेपालका नेताहरुले गर्न सकेका छैनन् । 

 

यो कुुराहरुलाई हामीले नकारेर नेताका भाषणले मात्रै राष्ट्रियता बलियो हुँदैन । 

  
नेपाली शासकले चीनसँगको सम्बन्ध र कनेक्टिभिटी जोड्ने इच्छाशक्ति भयो भने धेरै कुरा सम्भव छ । चीनसँग अहिले पनि  नेपाले धेरै किसिमका सम्झौता गर्न आवश्यक छ । नत्र फेरि पनि नेपालमाथि भारतले नाकाबन्दी लगाउन सक्छ । चीनबाट रेल ल्याउने, चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्ने आदि काम गर्न पर्र्छ । तर यसका लागि नेपालको ब्युरोक्रेसी नै  बाधक बन्छ । बाँकी भारतका चम्चाहरुले विरोध गर्छन् । काम गर्न दिँदैनन् । अर्को कुरा आजसम्म नेपालमा ५ पटक त भारतले नाकाबन्दी लगाइसकेको छ । नेपालजस्तो सानो र परिस्थिति गरिब भएको देशमाथि भारतले ज्यादति गर्दैैै गएको छ ।

 

आजसम्म नेपालले कहिले पनि भारतविरोधी र चीनविरोधी काम गरेका छैन । रेल, टनेल, सडक, केबलकारबाट भए पनि चीनसँग धेरै वटा सडकबाट नेपाल जोडिनुपर्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । कारण के हो भने नेपाललाई इन्गेज गराउने मात्रै चाहना भारतको हो ।  दोक्लाम प्रकरणमा भारतको हार भयो । चीनमा मोदी दौडिरहेका छन् । चीनसँग सम्बन्ध विस्तार गर्ने, दक्षिण एसियामा पनि  प्रभूत्व जमाउने योजना भारतको छ । 

 

माेदीले चीनसँग आफ्ना क्षेत्रका मुलुकहरुमा धेरै प्रभाव विस्तार नगर्नू भन्न सक्छ । भारतका राष्ट्रपति नेपाल आउँदा जनताले ढुंगा हान्छन् भनेर नेपालमा करफ्यू लगाए झै भ्रमण गराइयो । अहिले मोदीको भ्रमण हुन लागेको छ । युवाहरुको भावना के छ भने मोदीलाई कालो झन्डा देखाउने छ । अर्थात नेपाली युवामा राष्ट्रप्रेम छ । 

 

केपी ओलीलाई फेरि गलाउने योजना भारतको छ । नेपालका अभिषाप भारतका पूर्वराजदूत श्यामशरण, रञ्जित रेसहित तीन जना राजदूत नेपालमा हप्तौ बसेर विभिन्न खेल गरे । रञ्जित रेको साथी भनेको दीपकुमार उपाध्याय हुन । यी दुर्ई मिलेर नेपालमा नाकाबन्दी लगाएका हुन् । नेपालका लागि रञ्जित रे कुपात्र हुन् ।

 

नेपालमा भारतका हजारौं तलबी एजेन्ट छन् । ब्युरोक्रेसी, सुरक्षा अंगमा विदेशी एजेन्ट छन् । नेपालका भलो नहोस् भन्नेहरु धेरै छन् । युरोपेली युनियनले पनि एजेन्ट पाल्छ । र नेपालमा बसेर चीनविरोधी काम गर्र्छन् । बाबुराम भट्टराई भनेका एसडी मुनीका चेला हुन् । ट्याग लागिसकेका व्यक्ति हुन् । जस्ता एसडी मुनी छन्, बाबुराम उस्तै छन् । 


हाम्रो दुई नम्बर प्रदेशलाई बाबुराम भट्टराई जस्ता पात्रले भारतको इच्छा अनुसार हिमाल पहाड नमिसाएर समथर मात्रै बनाइयो । त्यो प्रदेशमा भोजपुरी, मैथली हुँदा हुँदै हिन्दी माग्नेहरु धेरै छन् । नेपालको सीमा युपी र बिहार हुनु दूर्भाग्य हो । अर्को एउटा समूह छ जसले तराई टुक्रा पार्छु भन्छ, यसमा युरोपेली युनियनको हात छ । 


अब क्रिष्चियनहरुले नेपालमा गाई काटेर खाऊ भन्छन् । गाई काट्नु पर्छ भन्नेहरुलाई सपोर्ट गर्नेहरु पनि छन् । यो सरकारले यस्ता तत्वलाई नियन्त्रण गर्नु पर्छ । तर सरकारले सक्दैन । किनभने केपी ओलीको मेरुदण्ड नै पश्चिमाको पैसा खाने एनजिओ, आइएनजीओ हुन् । 

 

मामाघर, वास्तविक घर पनि पारि भएकाहरुलाई नेपाल पठाइएको छ । किनभने नेपाल चुस्नु नै उनीहरुको चाहना हो ।

स्ट्रेट फरवार्ड डा. प्रेमसिंह बस्न्यात

विशेष