मुख्य समाचार समाज

आरजुले चुनावमा किनेको घरमा पहिलो पटक देउवा

आरजुले चुनावमा किनेको घरमा पहिलो पटक देउवा

धनगढी । राजधानीबाट धनगढी आएपछि सधैं पार्टी कार्यकर्ता कृष्णबहादुर महराको लगानी रहेको होटल डिभोटीको स्वीट रुममा बस्ने कांग्रेस सभापति शेरबहादुर देउवा पहिलो पटक आफ्नो निजी निवासमा बसेका छन् । 

 

प्रतिनिधि सभा चुनावका बेला धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको स्थानीय शारदा हमालको घर त्यतीबेला यही क्षेत्रबाट उमेद्वारसमेत रहेकी देउवा पत्नी आरजु देउवाले किनेकी थिइन् । 

 

आरजु, चुनाव भरी आफ्नै नयाँ किनेको घरमा बसे पनि देउवा सोमबार पहिलो पटक आफ्नो निवासमा बसेका हुन् । ‘चुनावका बेला उहाँ (देउवा) प्रधानमन्त्रीकाले सुरक्षाका कारण पनि होला, निवासमा नबस्नु भएको तर अब पूर्व प्रधानमन्त्रीबाट भइसके’ एकजना कांग्रेसी नेताले मुस्कुराउँदै भने, ‘भाउजूले किनेको घरमा दाइले किन नबस्नु ।’


आरजुले घर किनेपछि चुनावकै बेला हेर्न गए पनि देउवा त्यहाँ राति बसेका थिएनन् । यसपाली भने उनी आफ्नै घरमा पहिलो पटक बास बसेका हुन् । 

आरजुलाई प्रतिनिधि सभा निर्वाचनमा विपक्षी दलहरुले पर्यटक उमेदवारको आरोप लगाएपछि उत्तरबेहडीमा रहेको शारदा हमालको घर चार करोडमा किनेकी थिइन् । 


सुदूरपश्चिमकी बुहारी भएपनि आफुलाई पर्यटक भनेपछि उनले घर किनेर स्थायीरुपमा कैलालीमै राजनीति गर्ने बताएकी थिइन् । तर चुनाव हारेपछि उनी प्रायजसो काठमाडौँतिरै बस्ने गरेकी छन् । 

 

क्याम्पस भवन उद्घाटन

देउवाले मंगलबार नै अत्तरियामा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस भवनको उद्घाटन गरेका छन । 

 

उनले विकास र समृद्धिका लागि सबै दलहरुले एक भएर अघि बढ्नुपर्ने आग्रह गरे । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा कांगेस नेता वीरेन्द्र भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

कृष्णबहादुर महरा शेरबादुर देउवा आरजु देउवा

विशेष