राजनीति भिडियो

हिन्दुको आवरणमा राजनीति गर्दैछन् मोदी, उनी असली हिन्दु हैनन् (भिडियो)

अरुण नदी पनि कब्जा गरेपछि ओलीको हालत के होला !

हिन्दुको आवरणमा राजनीति गर्दैछन् मोदी, उनी असली हिन्दु हैनन् (भिडियो)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण विवादास्पद नै भयो । त्यसो त, धेरैलाई यस्तै लागेको थियो ।

 

बिहारको पटनाबाट सिधै जनकपुर ओर्लिएपछि नै मोदीको भ्रमणको विरोध हुन थालेको हो । त्यसैमाथि जनकपुरमा उनको नागरिक अभिनन्दन गर्ने कुरा धेरैलाई चित्त बुझेको छैन ।

 

भ्रमण सुरु हुनुभन्दा अघिदेखि नै उनको भ्रमणको विरोधमा सामाजिक संजालमा विभिन्न ह्यासट्याग चलाएर आलोचना गरिएको छ ।

 

कम्तिमा पनि उनले नेपाली जनतामाझ नाकाबन्दीको विषयमा माफी माग्नुपर्ने थियो भन्दै धेरैले भ्रमण शैलीको विरोध गरेका हुन् ।

 

वरिष्ठ पत्रकार तथा विश्लेषक प्रेम कैदीलाई हामीले यही सन्दर्भमा बोल्न नेपालआजको स्टुडियोमा बोलाएका थियौँ ।

 

उनले पनि मोदी भ्रमणको शैलीको विरोध गरेका छन् । मोदीलाई असल नेताको रुपमा पहिले ठाने पनि उनको असली रुप उदांगो भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

साथै नेपाली नेताहरुमाथि पनि कैदीको कडा आलोचना छ । प्रधानमन्त्री केपी ओलीले नाकाबन्दीको बेला जसरी प्रस्तुत भए पनि अन्ततः भारतको सामु निरिह रुपमा प्रस्तुत हुनु आम नेपालीको जनअपेक्षा विपरित भएको कैदीको गुनासो छ ।

 

नेपालआजको यस अन्तरवार्तामा कैदीले नेपाल–भारतको लामो सम्बन्ध र व्यवहारबारे बिस्तृतमा चर्चा गरैका छन् । यस क्रममा उनले भारतीय नेता र तिनको व्यवहारको पनि ब्याख्या गरेका छन् ।

माेदी भ्रमण प्रेम कैदी

विशेष