राजनीति मुख्य समाचार

शर्माले भने : प्रमज्यू,यो उत्तर कोरिया होइन कि ! विवेकशील साझाको ब्यानर किन हटाइयाे ?

विरोध सहन नसक्ने लोकतन्त्र ल्याएको होइन हामीले !

शर्माले भने : प्रमज्यू,यो उत्तर कोरिया होइन कि ! विवेकशील साझाको ब्यानर किन हटाइयाे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे कटाक्षसहित विवेकशील साझा पार्टीकाे केन्द्रीय कार्यालयमा राखेको ब्यानर प्रहरीले हटाएपछि सर्वत्र विरोध भएको छ । 

 

विवेकशील साझाले ‘मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ’ लेखेर राखेको कालो पृष्ठभूमिको ब्यानर प्रहरीले हटाइदिएको थियो । दुईपल्टसम्म प्रहरीले ब्यानर हटाइदिएपछि विवेकशीलले बेलुनमा ब्यानर राखेर उडाएको थियाे ।

 

विवेकशीलका संयोलजक रवीन्द्र मिश्रदेखि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसमेतब्यानर हटाएको प्रति कडा अापत्ति जनाएका छन् । त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीट गर्दै विरोध सहन नसक्ने यो कस्तो सरकार भनेका प्रश्न गरेका छन् । 

उनले कम्युनिस्टहरु प्रतिपक्षमा रहँदा जहिले टायरको धुँवा र रेलिङ ध्वस्त हुने गरे पनि अहिले उ सत्तामा हुँदा विनम्र विमति पनि सुन्न नचाहेको बताएका छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उत्तर कोरिया नभएर यो देश नेपाल भएको बताएका छन् । 

नरेन्द्र माेदी विश्वप्रकाश शर्मा

विशेष