एकिकरणबाट पछि फर्किन सक्ने अवस्था छैन : प्रचण्ड
काठमाडौँ । नेकपा माआोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको पार्टी एकता केहि दिनमै टुङ्गो लगाउने बताएका छन् ।
एमाले र माओवादीले मजदुर दिवशको अवसरमा गरेको संयुक्त सभालाई संबोधन गर्दै प्रचण्डले वैशाख २२ गते कार्लमाक्सको जन्म दिन रहेकाले त्यस अघिनै टुङ्गो लगाउने बताए ।
पार्टी एकताका लागि पछिल्लो समय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफल भैरहेको बताए । दुई पार्टीको एकता जनताले अनुमोदन गरिसकेको बताउँदै अब पार्टी एकिकरणबाट पछि फर्किन सक्ने अवस्था नरहेको बताए ।
प्रचण्डले भने, ‘यो ऐतिहासिक अवसर हो । यसलाई अब गुम्न दिँदैनौ । तपाईंहरु ढुक्क हुनुस् हामी केहि दिनमै टिङ्गो लगाउँछौं ।’
दुई कम्युनिस्टको एकताले राजनीतिक फड्को मारिसकेको र यसलाई टुङ्गोमा पुर्याएर आर्थिकरुपमा फड्को मार्न केन्द्रीत हुने बताए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकिकरण