मुख्य समाचार राजनीति

देउवाप्रति आक्रोशित हुँदै पौडेलले भने, ‘दुई पार्टी मिलेर हार्‍यौं भन्दा लाज लाग्दैन ?’

देउवाप्रति आक्रोशित हुँदै पौडेलले भने, ‘दुई पार्टी मिलेर हार्‍यौं भन्दा लाज लाग्दैन ?’

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सिद्धान्तले चुनाव जिते पनि पार्टीले चुनाव हारेको टिप्पणी गर्दै यसमा नेतृत्वको कमजोरी भएको बताएका छन् । 

 

एक सय २९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले गृहजिल्ला तनहुँको दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरुलाई दोष दिएर नेतृत्व पन्छन नमिल्ने तर्क गरे ।

 

‘सिद्धान्त कांग्रेसको जित भएको छ तर चुनावमा हार भएको छ’ उनले भने, ‘दुई दल मिलेर चुनाव हारेको भन्दा लाज लाग्दैन ?’ पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोशित देखिएका पौडेलले जतिसुकै पार्टी मिल्दा पनि कांग्रेसले जित्नुपर्ने जिकिर गरे । 

 

चुनावमा हारको जिम्मा नेतृत्वले लिनुपर्नेमा लिखितम् गर्दा विवाद हुने भएकाले वक्तव्यमा मिलाउने समझदारी भए पनि त्यसो नभएको पौडेलले दाबी गरे । ‘लिखितम गर्दा हारेको पार्टीमा विवाद हुन्छ भनेर हामीले सभापतिको वक्तव्यमा हारको जिम्मा नेतृत्वले लिने समझदारी गरेका हौं,’ व्यंग्य गर्दै पौडेलले भने, ‘उहाँ(देउवा)ले बोल्दा मिलाउनु भनेको बिर्सनुभएछ कि ?’

विशेष