मुख्य समाचार देश

माेदीकाे अभिनन्दनमा भीड थेग्न नसकेर लाठीचार्ज, १ लाख भन्दा बढी स्थानीय अाउने अनुमान

माेदीकाे अभिनन्दनमा भीड थेग्न नसकेर लाठीचार्ज, १ लाख भन्दा बढी स्थानीय अाउने अनुमान

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो ठूलाे भएपछि भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज नै गरेकाे छ ।

 

 

रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएपछि यस्ताे अवस्था अाएकाे हाे । प्रवेश द्वारमा ठूलाे भीड भएपछि स्थानीयहरू बार नाघेर भित्र छिर्न खाेज्दा प्रहरीले लाठीचार्ज गरेकाे हाे ।

 

माेदीकाे अभिनन्दनकाे लागि १ लाख भन्दा बढीकाे भीड लाग्ने अनुमान छ । यसअघि स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरेकाे थियाे ।

माेदी भ्रमण जनकपुर अभिनन्दन

विशेष