राजनीति भिडियो

ठाकुर गैरेको कडा टिप्पणीः मोदीको तिर्थयात्रा नाकाबन्दीको पाप पखाल्ने काइदा (भिडियो)

मन्दिर घुमाएर हुँदैन, राष्ट्रिय हितका कुरा उठाउँ

ठाकुर गैरेको कडा टिप्पणीः मोदीको तिर्थयात्रा नाकाबन्दीको पाप पखाल्ने काइदा (भिडियो)

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ वर्षअघि नेपालमाथि उनैले लगाएको ६ महिने नाकाबन्दीको आलोचना खेपिरहेका छन् ।

 

प्रधानमन्त्री केपी ओली लगायत सरकारको तर्फबाट उनको स्वागत भइरहँदा आम नागरिकले भने मोदीको भ्रमणको चर्को आलोचना गरेका छन् ।

 

जनकपुर, काठमाडौँ र मुक्तिनाथ गरी तीन ठाउँमा उनको भ्रमण केन्द्रित छ । जनकपुरधाम, पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरमा उनको भ्रमण केन्द्रित भएकाले धार्मिकयात्रा जस्तै भनी टिप्पणी पनि भएका छन् ।

 

बुद्धीजीवी तथा नागरिक अगुवाहरुले पनि मोदीले नेपाली जनतासमक्ष माफी माग्नुपर्ने भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् । त्यसो त सत्तारुढ प्रमुख दल नेकपा एमालेकै नेताहरुले मोदीको भ्रमणको यस्तो शैलीको विरोध गरेका छन् ।


नेपालआजले यही विषयमा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ठाकुर गैरेसँग बहस गरेको छ । लोकेन्द्र भट्टले गैरेसँग गरेको आधा घण्टा लामो अन्तरवार्तामा गैरेले मोदीको भ्रमण र सरकारको तरिकामाथि आलोचना गरे ।

 

‘मोदीले नेपालको संसदलाई सम्बोधन गर्दा उत्साहका साथ सांसदहरुले टेबुल बजाए । सडकमा पुष्पगुच्चासहित स्वागत गरेका नेपाली जनताले केही महिनापछि पाएको नाकाबन्दीको उपहार बिर्सेका छैनन्,’ गैरेले भने, ‘यो भ्रमण मोदीकै लागि ठूलो चुनौती हो ।’

 

नाकाबन्दीमा नेपाली जनताले पाएको दुख नबिर्सिएको भन्दै यस भ्रमणमा कसैको उत्साह नरहेको उनको धारणा छ । यद्यपि ‘बैगुनीलाई गुनले मार्नु’ भने झैँ सबै नेपालीले सभ्य व्यवहार देखाउनुपर्ने उनले बताए ।

 

तर भारतीय प्रम मोदीले अब उप्रन्त नेपालमाथि कहिल्यै नाकबन्दी लगाउने छैन भनेर बाचा गुर्नपर्छ । 


मोदीको जनकपुर रोजाई
 

मोदीले नाकाबन्दीका बेला प्रदेश २ का जनतालाई प्रयोग गरेको र पछि आफ्नो माग पूरा गर्न असफल भएकाले भ्रमणको सुरुवात जनकपुरबाटै गर्न खोजको गैरेको बुझाइ छ ।

 

उनले भने, ‘पहिले भ्रमणमा आउँदा नेपालीले ठूलो स्वागत गरे तर उनले स्वातगको उपहार नाकाबन्दी दिएर पाप गरेका थिए । त्यो पापबाट पूण्य पाउन जनकपुरधामको दर्शन गर्न खोजेका हुन् । अब नेपालका धर्मपीठको दर्शन गरेर मोदीमा नेपाललाई हेर्ने दृष्टि फेरिन्छ कि आशा गरौँ ।’

मोदी समक्ष सरकारले उठाउँनु पर्ने विषय

गैरेले मोदी समक्ष नेपाल सरकार निरिह रुपमा प्रस्तुत नभएर आफ्ना राष्ट्रिय हितका मुद्दा उठाउनैपर्ने सुझाव दिएका छन् ।

 

सीमा क्षेत्रको समस्या, भारतीय सुरक्षाबलले नेपाली सीमाबासीलाई दिँदैआएको दुख, डुबान समस्या, पुराना विवादास्पद सन्धि लगायत विषयमा खरो रुपमा नेपाल सरकारले मोदीसँग कुरा गर्नुपर्ने उनको भनाइ छ ।

माेदी भ्रमण नेपाल सरकार ठाकुर गैरे एमाले नेता

विशेष