मुख्य समाचार राजनीति प्रदेश २

मोदीले गरे जानकी मन्दिरमा पूजा–अर्चना

मोदीले गरे जानकी मन्दिरमा पूजा–अर्चना

काठमाडौं । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् ।

 

 अाज विहान जनकपुर आइपुगेका मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।

 

यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री बनेका छन् ।

नरेन्द्र मोदी जानकी मन्दिर पूजा–अर्चना

विशेष