राजनीति

माेदीकाे अभिनन्दनमा 'एक मधेस एक प्रदेश'काे झण्डा फहराइयो

माेदीकाे अभिनन्दनमा 'एक मधेस एक प्रदेश'काे झण्डा फहराइयो

जनकपुर । जनकपुरमा अाज भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ नागरिक अभिनन्दन गरिरहँदा  लाख भन्दा बढी जनताकाे भीडमा स्वतन्त्र मधेसकाे ब्यानर देखाइएकाे छ ।

 

जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा नागरिक अभिनन्दनको कार्यक्रम भइरहँदा स्वतन्त्र मधेसको ब्यानर फहराइएको हाे । अभिनन्दन कार्यक्रममा उपस्थित दर्शक दीर्घाबाट मधेस देशमे देशमे स्वागत है लेखिएको ब्यानर फहराइएको हो ।

 

स्मरणीय छ, केही वर्षदेखि मधेसलाई अलग देश बनाउने भन्दै सिके राउतले पृथकतावादी अान्दाेलन गर्दैअाएका छन् ।

 

माेदी भ्रमण जनकपुर मधेस स्वतन्त्र मधेस

विशेष