समृद्ध नेपाल र सुखी नेपाली अभियानमा भारत काँधमा काँध मिलाएर हिँड्न तयारः माेदी
'काठमाडाैं हिमालयको काखमा बसेको एक अनमोल रत्न हो'
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकाे सफलताको लागि भारत हमेशा नेपालको साथमा काँधमा काँध मिलाएर हिँड्न तयार रहेकाे बताएका छन् ।
दुईदिने नेपाल भ्रमणको क्रममा शनिबार काठमाडौं महानगरपालिकाले प्रदान गरेको नागरिक अभिनन्दन ग्रहण कार्यक्रममा उनले नेपालको खुसी नै भारतको खुसी पनि बताएका हुन् ।
माेदीले भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाइको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’ लोकतन्त्रलाई बलियो बनाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल बनेकाे उनकाे भनमइ थियाे ।
कार्यक्रममा माेदीले नेपाल, नेपाली र काठमाडौं सहरको प्रशंसा पनि गरेका छन्। 'मलाई काठमाडौं र नेपालले सधैं आकर्षित गर्छ किनकि यो सहर जति गहन छ, उति नै गतिमान छ', मोदीले भने, 'काठमाडौं हिमालयको काखमा बसेको एक अनमोल रत्न हो।'
उनले अर्को पटक नेपाल आउँदा बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने बताए । 'यसपटकको भ्रमणमा जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्ने अवसर पाएँ।
अब जहिले नेपाल यात्राको अवसर मिल्छ, म समय निकालेर बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम अवश्य बनाउँछु', मोदीले भने।
नरेन्द्र मोदी नेपाल भ्रमण