मुख्य समाचार राजनीति

नेपाल भ्रमण सकेर फर्किए मोदीः ओलीलाई पुनः भारत भ्रमणको निम्तो

नेपाल भ्रमण सकेर फर्किए मोदीः ओलीलाई पुनः भारत भ्रमणको निम्तो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपलकाे दुईदिने राजकिय भ्रमण सकेर शनिबार अपराह्न स्वदेश फर्किएका छन्। राष्ट्रियसभा गृहमा नागरिक अभिनन्दन पाएपछि उनी त्यहाँबाट सोझै अन्तराष्ट्रिय विमानस्थलमा प्रस्थान गरेका थिए ।

 

उनलार्इ बिदार्इ गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली विमानस्थल पुगेका थिए । जनकपुर हुँदै काठमाडाैं आएका मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन् ।

 

जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू नेपाल आएको बताएका थिए । मोदीले जनकपुर मन्दिर, मुक्तिनाथ र पशुपतीमन्दिरको दर्शन र पूजा गरे। नेपालमा करिब ३० घन्टा बिताएका उनले विभिन्न दलका नेतादेखि राष्ट्रपतिसम्मलाई भेट्न भ्याए। 


दुई वर्षअघिको नाकाबन्दीका कारण यसपटक नेपाल आउँदा जनताको नजरमा अलोकप्रिय बने । यद्यपि सरकारले उनलाई दुई ठाउँमा नागरिक अभिनन्दन गर्यो। 

 

यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मोदीले पुनः भारत भ्रमणको निम्तो दिएका छन्। मोदीको भ्रमणका क्रममा जारी भएको १६ बुँदे संयुक्त वक्तव्यको अन्तिम बुँदामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको उल्लेख छ।

 


 

नरेन्द्र मोदी नेपाल भ्रमण प्रधानमन्त्री ओली भ्रमणको निम्तो फर्किए मोदी

विशेष