विचार राजनीति

विप्लव जी बरू मिचिएका सिमानामा बम बजारौं न !

विप्लव जी बरू मिचिएका सिमानामा बम बजारौं न !

आज सुनिन्छ, विप्लवले बन्द गरेको छ है । भोलि सुनिन्छ, विप्लवले फलानो फलानो ठाउँमा बम प्रहार गर्‍याे, फलानोलाई अपहरण गर्‍याे। सुन्ने कान, देख्ने अाँखा र सोच्ने दिमागलाई यसरी खुम्च्यायो कि मानौं विप्लव, विप्लव नाम जपेर नाथे जीवन कटाउँ । को हो विप्लव, के हो विप्लव ? त्यही अपहरण गर्ने ? त्यही बम पड्काउने ? त्यही बन्द गराउने ? 

 

साँच्चिकै विप्लवले राजनीति देश अशान्त गराउनकै लागि गरेका हुन् त ? बल प्रयोग गरेर सत्ता कब्जा गर्ने र राज्यसत्ता चलाउने कुरा हो भने युद्घ लड्ने तयारी के छ ? यो नाथे पाराले जनतालाई दुःख दिने मात्र हो विप्लव जी ! दम भए नेपालका मिचिएका सिमा फिर्ता ल्याउने सामथ्र्य देखाउनु हुन्न ? किन सिमा मिचिदा मुकदर्शक बनेको ? प्रदेश ७ को कञ्चनपुर जिल्लामा जनता ज्यान दिन तयार हुँदा तपाई कता हराउनुहुन्छ ? कि तपाइको काम जनता तर्साउने मात्र हो ? देश जोगाउने चिन्ताबाट विचलित भएर सत्ता जोगाउने खेल खेल्ने नेपालका राजनैतिक पार्टीसँग नेपाली जनताले अब कहिलेसम्म दुःखको मितेरी गाँस्ने ? 

 

दम भएको भए मोदी आएको समयमा किन गरिएन बन्द ? यो त नेपाली जनतालाई दुःख दिने नियत भएन र ? अन्य केही दलले मोदीको विरोध गर्दा तपाईँ कुन कुनामा बमको परिकल्पना गरिरहनु भएको थियो ? विप्लव पनि उहि सिनो खाने गिद्घ त होइन ? जसले सिनो वरीपरीका जनावर मात्र धपाउन जान्दछ । विप्लवले गरेका आन्दोलन, उठाएका माग अझै स्पष्ट छैनन् ।

 

मानिसले अरुको विरोध गर्नुपूर्व आफ्ना अवगुण र शेषहरु राम्ररी केलाउनु पर्दछ । जहिले पनि सरकारकै विरोध गर्ने विप्लवका चाँहि के के राम्रा काम छन् ? जुन हातको औंलाले गनेर मुक्तकण्ठले प्रसंसा गर्न मिल्ने खालका हुन् । 

 

हामी नेपाली आफु–आफु लड्दा लड्दा यसरी अरु राष्ट्रभन्दा कमजोर भएका हौं । हामी लड्ने बेलामा भारतले सिमा सराउँदै थियो भन्ने हेक्का क–कसले राखेको थियो ? ‘भाई टुटे गवार लुटे’ नेपाली उखान नै यति बलिया छन्, खै हाम्रा दाजुभाईहरु उखानको छेउ न टुप्पो मेल खाने काम गर्दैनन् । आज बन्द, भोली बन्द, पर्सी पुसको पन्ध्र गरेर देश कसरी आर्थिक समृद्घि चुम्छ ? 


अहिले हामीले युद्व लडेर देश चलाउने सपनाभन्दा दिमाग लडाएर देश विकास गर्नु आवश्यक देखिन्छ । अहिले संसारका धेरैजसो देशहरु शान्तीकै उपहास गरेर युगको रस चुमिरहेका देखिन्छन् , युद्व लडेर हैन । 

 

नेपाल यस्तो देश पनि हैन जोसँग संसार हल्लाउने आणविक शक्ति छ । नेपाल त यस्तो देश हो जो सँग शाहस बढि भएरमात्र आफ्नो स्वाभिमानमा बाँचेको छ । नेपाली राजनीतिमा परनिर्भर छ । तसर्थ नेपालका कोही पनि पार्टी नेपालीले आत्मैदेखि रुचाएका पार्टी होईनन् । नेपाली जनताको रगतपसिना चुस्ने र चुसाउने सबै राजनैतिक दल असल राज्यसत्ता चलाउन लायक अब काेही रहेनन् ।  र यही तवरले कुर्शी ताक्ने काम विप्लव माअाेवादीले गरिरहेकाे छ भने याे नाजायज साेच हाे ।

 

 

विप्लव बन्द बम विस्फोट

विशेष