कांग्रेसले कम्यूनिष्ट जस्तो कु-प्रचार गर्दैनः पाैडेल
सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सह–महामन्त्री प्रकाशशरण महत आईतवार वीरेन्द्रनगर आईपुगे। पार्टीको यूवा भातृ संगठन तरुण दलको प्रदेश भेला उद्घाटन गर्न आइपुगेका सशांक कोइराला निकटका पौडेल र पार्टीसभापति निकटका महतले कार्यकर्तासँगको भेटमा पार्टी भित्र गुट अन्त्यको सन्देश दिन प्रयास गरे।
केन्द्रीय नेतृत्वभित्र चर्को गुटबन्दी भएपनि उनीहरुले सुर्खेतका कार्यकर्तासँग भने, ‘अबका दिनमा कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएकाले पार्टी पहिलो हुन्छ।’ ‘कम्य’निष्टको विजयी राष्ट्रबादको गलत प्रचारले भएको हो’ चुनाव पछि पहिलो पटक सुर्खेत आएका शीर्ष नेताहरुले कार्यकर्तालाई सान्तवना दिँदै भने, ‘यस पटकको निर्वाचनमा पराजय व्यहोर्नु परे पनि अबका दिनमा पहिलो पार्टी बन्छ, हारको समीक्षा गर्दै नेतृत्व जिम्मेवार बनेको छ।’
वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरु एक भएर निर्वाचनमा सफल भए भन्नु आत्मवञ्चनाको पराकाष्ट भएको बताए। ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले पराजय व्यहोर्नुको समिक्षा पार्टी नेतृत्वले गरेको छ’ नेता पौडेलले भने, ‘कम्यूनिष्ट जस्तो कु-प्रचार होइन्, सत्य र जनताका पक्षमा एक ढिक्का भएर विकास गरेको प्रचार गरी विरासत कायम गर्ने कांग्रेसको रणनीति छ।’
एमाले, माओवादीले कसरी निर्वाचन विजयी भए र कांग्रेसले किन पराजित हुनुपर्नेमा उनको जोड थियो। ‘अब आग्रह, पुर्वाग्रह, गुट उपगुट होइन्, पार्टी एक ढिक्का भएर अगाडी बढेको छ’ उनले भने, ‘आगामी निर्वाचनहरुमा व्यक्तिबादी भन्दा पनि पार्टीगत रुपमा अगाडी बढ्नु आवश्यक छ, केन्द्रदेखि स्थानिय तहसम्म कुनै तेरो, मेरो छैन्।’
यस्तै कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाशसरण महतले एमाले माओवादीले चुनाव जित्ने रणनीतिमा राष्ट्रियतालाई भर्याङ बनाएको आरोप लगाए। उनले भने, ‘विगतको समीक्षा गर्दै अबका दिनमा कांग्रेस अगाडी बढ्नुपर्छ। ४५ प्रतिशत भोट ल्याउने र पार्टी पहिलो बनाउने रणनीतिमा केन्द्रिय नेतृत्व लागिसकेको छ।’
कांग्रेसले गरेको विकासलाई आफूले गरेको प्रचार गरि एमालेले माओवादीले प्रपोगाण्डा गरे, कांग्रेस कार्यकर्ता नै भ्रममा परेको उनले बताए। उनले आश्वासन दिदै भने,‘पार्टी मजबुत बनाउन संगठनलाई विस्तार र मिडिया परिचालन गर्नुपर्छ, आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन नेतृत्व हातेमालो गरेर अगाडी बढिसकेको छ ।’
जनतालाई भ्रममा पर्ने एमाले, माओवादीको प्रचार शैलीलाई कांग्रेसले अनुसरण गर्नुपर्ने भन्दै उनले स्थानिय तहदेखि केन्द्र सरकारसम्म प्रतिपक्षको भूमिकामा रहेका कार्यकर्ताले खबरदारी गर्ने समय आएको बताए। ‘कांग्रेस सरकारले गरेको चुनावमा कम्यूनिष्ठले जस लिएको छ’ उनले कार्यकर्तासँग भने,‘स्थानीय सरकारदेखि केन्द्रसम्म नेतृत्वमा पुगेका कार्यकर्ताबाट उदारणीय काम गरौं, अपराजितले खवरदारी गरौं, तब मात्रै कांग्रेस पहिलो पार्टी हुन्छ।’
उनले चर्को गुटबन्दीका कारण पार्टीले पराजित व्यहोर्नुपरेको बताए। ‘पार्टी पहिलो, व्यक्ति दोस्रो हुनुपर्ने हो तर, व्यक्ति पहिलो हुँदा पार्टी कमजोर हुँदै गयो। अब हामी सच्चिएका छौं । हातेमालो गरेरै अगाडी बढ्छौं’ उनले भने।
गुटबन्दी