मुख्य समाचार राजनीति

लालबाबुको भाषण लेख्ने उपेन्द्र यादव  

लालबाबुको भाषण लेख्ने उपेन्द्र यादव  

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रममा स्वागत मन्तव्य थियो प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको । त्यही कार्यक्रमको तालिका अनुसार सम्बोधन पनि गरे । तर, सम्बोधनका क्रममा जे लिखित भाषण पढे त्यसको चर्चा अहिले सहरमा व्यापक छ  भाषण चर्चामा आउनुमा संविधान विभेदकारी भएको र त्यसका लागि संघर्ष जारी रहेको उल्लेख थियो । 

 

त्यो आन्तरिक मामला भएकोले त्यसरी विदेशी पाहुनालाई कुरा लगाउने गरी सार्वजनिक रुपमा लिखित भाषण गर्न हुने थिएन भन्ने ठुलो मत छ । तर, यो भाषण के मुख्यमन्त्री राउतले आफ्नो स्वविवेकले लेखेका हुन् ? कि अरुको सहयोगमा पनि छ ? यो प्रश्न अहिले उठेको छ । त्यसैले यो प्रश्नसँगै भाषण लेख्ने नेताको खोजी सुरु भएको छ । मुख्यमन्त्री राउतले खासमा यो भाषण लेखेका छैनन् । उनको टिमले पनि तयार गरेको होईन । 

 

खासमा यो भाषण संघिय समाजवादी फोरमको केन्द्रिय टोलीबाट तयार हुँदै थियो भन्ने गाईगुई त पहिला पनि चलेको थियो  नै । तर त्यसमा कसले तयार गरेको भन्ने यकिन थिएन । फोरम स्रोतका अनुसार, मुख्यमन्त्री लालबाबुको भाषण अध्यक्ष उपेन्द्र यादवले मस्यौदा तयार गरेका हुन् । पार्टी सल्लाह अनुसार यादवले मस्यौदा तयार गरेको भए पनि सत्ता साझेदार दलसँग सहमति भएको थिएन । अर्थात सत्तासाझेदार दल राजपासँग छलफल नगरी मुख्यमन्त्री राउतले लिखित भाषण गरेका हुन् ।   साँघु साप्तािहकबाट साभार
 

नरेन्द्र मोदी लालबाबु राउत भाषण

विशेष