मुख्य समाचार राजनीति

महन्थको हात समातेर मोदीले भने, ‘संविधान संशोधन हुन्छ, ओलीको साथ नछोड्नु’

महन्थको हात समातेर मोदीले भने, ‘संविधान संशोधन हुन्छ, ओलीको साथ नछोड्नु’

काठमाडौं । एक हुल टोली लिएर महन्थ ठाकुर ह्यात होटलमा पुगेका थिए निर्धारित समयभन्दा झण्डै १५ मिनेट अघि । वैसाख २९ गते पौने १ बजे समय दिएका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुलाई । अर्थात् राजपाको अध्यक्ष मण्डलका ६ जनालाई नै ठाकुरले नेतृत्व गरेर ह्यात होटेलमा भेट गरेका थिउ । करिब आधा घण्टा उनीहरुबीच छलफल भयो । 

 

 भेटभन्दा पहिला ६ जना अध्यक्षबीच सहमति भएको थियो ह्यात होटेलमै । मोदीलाई कुरेर बसेको समयम ६ अध्यक्षबीच सहमति भएको थियो के के बोल्ने र कसले बोल्ने भन्नेमा । राजपा स्रोत स्रोत अनुसार, उनीहरुबीच महन्थले कुरा राख्ने सहमतिपछि मोदीलाई भेट्न गएका थिए । सुरुमै महन्थ ठाकुरले आफ्नो धारणा राखे अनि भन्न थाले कि ‘नेपालको संविधान विभेदकारी छ ।’ सरकारले संविधान संशोधन गर्छु भनेका कारणले समर्थन गरेका हौं ।

 

 अहिलेसम्म केही नभए पनि कुरेर बसेका छौं । ठाकुरले संविधान र सरकारको विषयमा धारणा राख्ने क्रममा रेशम चौधरीको प्रसंग पनि उठाए । उनले रेशम चौधरीलाई सरकारले सपथ ग्रहण नगराएको बारेमा पनि सुनाए । अर्थात् महन्थ ठाकुरले १० मिनेटजति यसरी आन्तरिक समस्याहरुलाई कुरा लगाउन मै खर्चिए । अन्य अध्यक्षहरुले आफ्नो धारणा राखेनन् सहमति अनुसार नै । भेटमा मोदीले लोकतान्त्रिक प्रक्रियालाई मानेर जान सुझाव दिए । 

 

राजपा स्रोतका अनुसार, मोदीले नेताहरुलाई भनेका थिए,‘अहिले हतार नगर्नु लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट सबै कुरा प्राप्त हुन्छ ढिलोचाँडो भन्ने मात्रै हो ।’


कुराकानी क्रममा मोदीले सरकारलाई समर्थन जारी राख्न र संविधान संशोधन विस्तारै हुने भन्दै आश्वस्त पारेका थिए ।  साँघु साप्ताहिकबाट
 

महन्थ ठाकुर नरेन्द्र मोदी ह्यात होटल

विशेष