राजनीति

यी तीन माओवादी नेताको काम एमालेको विरोध गर्ने मात्रै 

यी तीन माओवादी नेताको काम एमालेको विरोध गर्ने मात्रै 

काठमाडौं । एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच सम्बन्ध सुमधुर हुनुको साटो दूरी बढ्दै गएको अनुभूति नेता तथा कार्यकर्ताले गर्न थालेका छन् । एकता अनुपातलगायत कचल्टिएको एकतामा केही समयअघि प्रधानमन्त्रीको ट्वीट आएर थपियो भने अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा एमालले माइनस गरेको भन्दै माओवादीले चित्त दुखाएको छ । यद्यपि, सामान्यभन्दा सामान्य विषयमा टिप्पणी गर्ने बानी परेका माओवादी नेताहरु कार्यकर्ता पंक्तिबाटै एमाले पेलानविरुद्घ जाइलाग्न आग्रह भइरहँदा समेत प्रक्रियाविहीन देखिएका छन् । किन ?


स्रोतका अनुसार, एमाले–माओवादी एकता प्रक्रियामा देखिएका असमझदारीहरुलाई बल्झाउन चाँहदैन । देखिएका असमझदारीहरु मेटाउँदै अघि बढ्न सकियोस् भन्ने चाहना प्रचण्डलगायत माओवादी नेताहरुको रहेको दाबी गरिएको छ । त्यसैले माहोल थप नबिगार्ने सोचअनुरुप नरम नीति अवलम्बन गरेको माओवादीका एक नेताले बताए ।


जाईलाग्ने जिम्मा तीन भाईलाई 


विगतमा जनार्दन शर्मा,वर्षमान पुनलगायतका नेताहरु यसरी प्रस्तुत हुन्थे मानौं पार्टी बचाउको जिम्मा उनीहरुकै हो । तर हिजोआज विगतमा कडा रुपमा प्रस्तुत हुने नेताहरुको बोली खासै सुन्न छाडिएको छ । एकतापछि कर्नरमा पर्ने डरले अधिकांश नेता कार्यकर्ता एमालेविरुद्घ बोल्न डराईरहेको हो कि अन्य कुनै रहस्यमय कारण छ भन्ने थाहा हुन सकेको छैन । 


एकातिर नेताहरु एमाले विरुद्घ बोल्न डराउने र अर्कातिर माहोल बिग्रने भएपछि प्रचण्डले खास नेताहरुलाई एमाले विरुद्घ जाइलाग्ने जिम्मा दिएको खासखुस पेरिसडाँडातिर चलेको छ । 


माओवादी एक नेताले दिएको जानकारी अनुसार, प्रचण्डले नयाँ शक्तिबाट माओवादी केन्द्रमा फर्किएका देवेन्द्र पौडेल, प्रवक्त पम्फा भुसाल र नेता मणि थापालाई एमालेको प्रतिरोध गर्ने जिम्मा दिएका छन् । त्यसैले पछिल्लो समय माओवादीको आधिकारिक धारणा यी नेताहरुले मात्र व्यक्त गरिरहेको बताईन्छ । पार्टीको जिम्मा अनुसार नै ओलीको ट्वीट, मोदीको नेपाल भ्रमणबारे उनीहरुले धारणा सार्वजनिक गरेको एक नेताले बताए । साँघु साप्तािहिकबाट
 

एमाले–माओवादी पार्टी एकता

विशेष