राजनीति

विप्लव माअाेवादीका नेता ५ वटा बमसहित पक्राउ

विप्लव माअाेवादीका नेता ५ वटा बमसहित पक्राउ

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक नेता ५ थान बमसहित पक्राउ परेका छन् । पार्टीकाे मजदुर संगठनका केन्द्रीय सदस्य दुर्गानाथ तिमल्सिनालार्इ प्रहरीले पक्राउ गरेकाे हाे ।

 

तिमल्सिना मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारी सम्हालेर पार्टीकाे काम गर्दैअाएका नेता भएकाे बताइएकाे छ । अाइतबारकाे बन्दको क्रममा बम बोकेर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले तिमल्सिनाको खोजी सुरु गरेको थियो ।

 

इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई हेटौंडा–८ कमानेस्थित चौवन्नधरेबाट पक्राउ गरेको हाे । 

विप्लव माअाेवादी बम पक्राउ

विशेष