मुख्य समाचार स्वास्थ्य देश

१२ वर्षमा बिहे, १३ वर्षमै आमा, छोरी जन्माएपछि घरनिकाला, स्वास्थ्य अवस्था गम्भीर

१२ वर्षमा बिहे, १३ वर्षमै आमा, छोरी जन्माएपछि घरनिकाला, स्वास्थ्य अवस्था गम्भीर

बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ।

 

सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो ।

 

ममताले १३ वर्षकै उमेरमा एक महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रकाशको ममतासँग दोस्रो विवाह हो । जेठी श्रीमतीतर्फ दुई छोराछोरी छन् । छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले वैशाख तेस्रो हप्ता घरनिकाला गरेपछि ममता माइतीको शरणमा पुगेकी हुन् ।

 

 अहिले मरिक र छाेरी दुबैलार्इ कुपाेषणले च्यापेकाे छ  ।  माइतीको आर्थिक अवस्थासमेत अत्यन्तै कमजोर भएकाले माइती पक्षबाट पनि किशोरी र शिशुको उचित हेरचाह हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले आमा र शिशु दुवैको अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ ।

 

किशोरीलाई काठमाडौं लान सम्भव नभएपछि उनलाई थप उपचारका लागि मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भएको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मीना भण्डारीले बताइन् । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

घरनिकाला ममता मरिक सिराहा

विशेष