मुख्य समाचार राजनीति

गगनसँग अाेलीकाे गुनासाेः गरिखालान् भनेकाे, विरोधमात्र गर्छन्

युवाहरु सामाजिक संजाल देशहितको पक्षमा चलाउ

गगनसँग अाेलीकाे गुनासाेः गरिखालान् भनेकाे, विरोधमात्र गर्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा अाफूबाट भएका गल्ती देखाउन चुनौती दिएका छन्।

 

राजधानीमा मंगलबार आयोजित युवासंघ नेपालको २८ औँ वार्षिकोत्सवका क्रममा उनले नेपाली कांग्रेसका नेता गगन थापाले सोमबार संसदमा दिएकाे अभिव्यक्तीप्रति कटाक्ष गरेका छन् । 

 

 ‘काङ्ग्रेसका युवा नेता जसले गरी खालान् भनेको त, विरोध मात्र गर्छन्। यीबाट पनि अाशा गर्नु बेकार छ ’ प्रधानमन्त्री अाेलीले भने ‘काङ्ग्रेसलाई त अझै धक्का छ । अरु सामाजिक सन्जालमा झुन्डिएका छन्, भात खाने फुर्सद छैन होला।’

 

प्रधानमन्त्री ओलीले युवा संघलाई निर्देशन भने, ‘पबित्र प्रतिस्पर्धामा उत्रिनु पर्छ । युवा गतिशील हुनैपर्छ। दौडमा भाग लिनै पर्छ।’ उनले थोत्रो विचार बोकेर युवा नहुने पनि स्पष्ट पारे ।

 

उनले आफ्नो सरकार गतिशील भएको दाबी गर्दै त्यसैले आफूलगायत यसमा सहभागी सबै युवा भएको बताए। अनुचित कुरासँग सम्झौता नगर्नुहोस्,’ उनले भने।

 

सामाजिक संजाल देसहितको पक्षमा चलाउन पनि उनले युवालाई आग्रह गरे। उनले राजतन्त्र ब्युँताउने एउटा प्रयास कुनामा भैरहेको पनि दाबी गरे। 

 

उनले राजतन्त्र ब्युँत्याउन खोज्नेहरुलाई कटाक्ष गर्दै भने। ‘तिनीहरू म राजतन्त्र विरुद्ध लड्दा, म जेलमा बस्दा जन्मेका पनि थिएनन् ह‍ोला,’ उनले भने, ‘देशलाई अँध्यारोमा पुर्‍याएको त्यही राजतन्त्र चाहियो भन्छन्।’

प्रधानमन्त्री ओली गगन थापा

विशेष