मुख्य समाचार राजनीति

मोदी सुरक्षाको विषयलाई ढाक्न चाहन्छन् परराष्ट्रमन्त्री ज्ञवाली

मोदी सुरक्षाको विषयलाई ढाक्न चाहन्छन् परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताएका छन् ।

 

'राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन', उनले भने ।  

 

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै भारतीय प्रधानमन्त्रीको नेपाल राजकीय भ्रमणले नेपाल र भारतबीचमा थप विश्वासको आधार तयार गरेको बताए । 

 

ज्ञवालीले रक्सौल काठमाडौं रेलमार्ग, जलमार्ग र कृषिको क्षेत्रमा महत्वपूर्ण साझेदारी नेपाल भारतबीच प्राथमिकतामा रहेको पनि मन्त्री ज्ञवालीले बताए । 

 

भारतीय जनता पार्टीका निलम्बि नेता कीर्ति आजादको भनाइ निन्दनीय भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै आपत्ति जनाएकाले यसमा थप दोहोर्याउन आवश्यक नभएको पनि उनले बताए । 

 

प्रदेश २ का मुख्यमन्त्रीले बोलको विषयमा मन्त्री ज्ञवालीले त्यस्तो कुरा आउला भनेर नसोचेको बताए । संविधान कार्यान्वयनपछि पहिलो चोटी विदेशका कार्यकारीले प्रदेशबाट भ्रमण सुरु गरेकाले गल्ती भएको हुन सक्ने भन्दै अबदेखि परराष्ट मन्त्रालय सजग रहने स्षप्टिकरण उनले दिए । 

 

ज्ञवालीले विगतका विभिन्न प्रतिबद्धता हुने कार्यान्वयन सुस्त हुने परम्परालाई यस पटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयबद्ध कार्यान्वयनमा यस पटकको सहमति भएको बताए ।

 

परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश नं २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीका भ्रमणका क्रममा दिनुभएको अभिव्यक्ति खेदजनक रहेको बताए । 

 

उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा भएका कुराकानी विषयलाई विवादको विषय नबनाउन, भ्रमणका क्रममा सुरक्षाका विषयलाई विवादमा नतान्न आग्रहसमेत गरे । 

 

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल-भारतबीचको सम्बन्ध २१औँ शताब्दी अनुकूल बनाउने, सीमालाई अझ व्यवस्थित, पञ्चेश्वर जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । 

प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री नरेन्द्र मोदी भारतीय जनता पार्टी

विशेष