मुख्य समाचार देश

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित 

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित 

काठमाडाै‌ं । कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको प्रतिवेदन तयार भएको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा त्यस क्षेत्रका २५ प्रतिशत गाउँ मात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ । 

 

करीब पाँच महिनाको समय अवधिमा गरेको अनुसन्धान प्रतिवेदनमा अधिकांश जमिन भिरालोपन र भूकम्पको जोखिममा छन्, त्यस कारण त्यहाँका नागरिक असुरक्षित महसुस गरिरहेको भनिएको छ । 

 

कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालीकोट जिल्लामा असुरक्षित बस्तीको अध्ययन गर्न आयोगले विज्ञ डा. दीपेन्द्र रोकायको संयोजकत्वमा दीपक बहादुर बुढा सदस्य रहेको एक समूह गठन गरेको थियो ।

 

 एकीकृत घनाबस्ती विकास कार्यक्रम मार्फत राज्यले उपलब्ध गराएका सडक, विद्युत्, खानेपानी, ढल, शिक्षा, स्वास्थ्य जस्ता सेवा सहजै र समानरुपमा  एकै स्थानबाट उपलब्ध गराउन पनि प्रतिवेदनमा उल्लेख छ ।    
 

अनुसन्धान कर्णाली क्षेत्र कर्णाली विकास आयोग

विशेष