मुख्य समाचार राजनीति

आफ्नै विधान मान्दैनन् प्रमुख दल

आफ्नै विधान मान्दैनन् प्रमुख दल

काठमाडौं । प्रमुख राजनीतिक दलहरु आफ्नो दलीय विधानबाट भन्दा सीमित नेताहरुको निर्णयबाट बढी चल्न थालेका छन् । प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले पार्टी सञ्चालनका लागि महाधिवेशनबाट पारित गरेको विधान पालना गर्दैनन् ।

 

जनतासामु विधिको शासन, सुशासन, समृद्धि र विकासको नारा दिइरहेका प्रमुख दलहरुले आफैद्वारा बनाइएको विधान बेवास्ता गरिरहेका छन् ।विधानमा दलले महत्वपूर्ण निर्णय केन्द्रीय समितिबाट लिनुपर्ने व्यवस्था गरेका भए पनि तीन वटै प्रमुख दलले सीमिति नेताहरुको घेराभित्रबाट मात्रै निर्णय लिने गरेका छन् । यसले पार्टीको संगठनात्मक संरचना र केन्द्रीय समितिको अधिकार संकुचनमा पर्न थालेको चिन्ता नेताहरुले नै गर्न थालेका छन् ।

 

स्थानीय, प्रदेश र संघको चुनावमा उम्मेदवारी चयन, चुनावी रणनीति, गठबन्धन निर्माण तथा पार्टी एकता जस्ता महत्वपूर्ण निर्णयमा समेत प्रमुख दलहरुले केन्द्रीय समितिलाई बेवास्ता गरेका छन् । यस्तो बेला पार्टीले केन्द्रीय समितिमा छलफल गराएर निर्णय लिनुपर्ने थियो । तर प्रमुख नेताहरुले त्यस्तो बैठकको आवश्यकता नै ठानेनन् ।

 

सीमित नेता वा समितिमा मात्र निर्णय गराएर सिंगो केन्द्रीय समितिले अपनत्व लिने वैधानिक बाटो शीर्ष नेतृत्वले नै बन्द गराइदिए । याे खबर अाजकाे अन्नपूर्णपाेष्ट दैनिकमा छ ।

नेकपा एमाले नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र दलीय विधान

विशेष