यसरी बेतित हुँदै प्रधानमन्त्री अाेलीकाे २ दिने झापा बसाइ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा जाँदै छन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला झापा जान लगेका हुन् ।
झापामा मंगलबार र बुधबार बस्दा प्रधानमन्त्री ओली दर्जन भन्दा बढी कार्यक्रममा सहभागी हुने छन् । मंगलबार पौने ११ बजे भद्रपुर पुगेका प्रधानमन्त्री ओलीले मंगलबार जिल्ला समन्वय समिति झापाको सभालाई संबोधन गर्ने कार्यक्रम छ ।
उनले आजै चारपाने—राजगढ सडकको सिलान्यास, लक्ष्मीपुर–साधुटार सडकको उद्घाटन र बिरिङ खोलामा पुलको सिलान्यास गर्ने तालिका रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले मंगलबार नै पाडाजुँगी–खजुरगाछी सडक तथा मलडाँगी–समयगढ सडकको समेत शिलान्यास गर्ने छन् । बुधबार काठमाडौं फर्किनु अघि पनि प्रधानमन्त्री ओलीको धपेडी कम हुने छैन ।
बुधबार उनले दमक नगरपालिकाको हातामा निर्मित प्रतिमा अनावरण, खानेपानी आयोजना उद्घाटन, दमकको मुख्य बजारमा निर्मित नमूना मार्गको उद्घाटन र दमक गोल्डकप फुटबलको उद्धघाटन गर्ने छन् ।
प्रधानमन्त्री अाेली झापा बसाइ