मुख्य समाचार राजनीति

गुप्तचरलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कार्यान्वयन भएन

गुप्तचरलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कार्यान्वयन भएन

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो कार्यालयमातहत ल्याउन दुई महिनाअघि गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । गृह मन्त्रालय मातहतको अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कानुन अभावमा कार्यान्वयन हुन नसकेको हो ।


ओलीले १६ फागुनमा निर्णय गरे पनि अनुसन्धान विभाग सञ्चालनसम्बन्धी ऐन संशोधन हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव केदार अधिकारीले ऐन संशोधन गर्नुपर्ने भएकाले अनुसन्धान विभाग तत्कालका लागि प्रधानमन्त्री कार्यालय ल्याउन नसकिएको बताए । तर, विभागले कार्य सम्पादन र दैनिक रिपोर्टिङ भने प्रधानमन्त्री कार्यालयमै गर्ने गरेको उनको भनाइ छ ।

 

अधिकारीले भने, ‘दैनिक सम्पादन हुने काम भइरहेका छन् । विभागले रिपोर्टिङ प्रधानमन्त्री कार्यालयमै गर्दै आएको छ । अहिले कानुन मात्रै नभएको हो । कानुन अभावकै कारण काम रोकिएको छैन ।’ याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ ।

प्रधानमन्त्री कार्यालय राष्ट्रिय अनुसन्धान विभाग

विशेष