एमालेले बोलायो आकस्मिक स्थायी समिति बैठक

काठमाडौं । नेकपा एमालेले आज अपरान्ह ४ बजे पार्टीको अकास्मिक स्थायी समिति बैठक बोलाएको छ ।
सो पार्टीले बुधबार अपरान्ह ४ बजेलाई आकस्मिक स्थायी समति बैठक बोलाएको हो । पार्टी एकताबारे छलफल, नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गर्न बैठक बोलाएको नेताहरुले बताएका छन् ।
बैठकमा सरकारले ल्याउने निति तथा कार्यक्रमको बारेमा छलफल हुन सक्ने कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले बताए ।
स्थायी समिति बैठकमा पार्टी एकताका लागि भएका छलफल र सहमति अनुमोदन गर्नसक्ने पनि बताइएको छ । आजै बेलुका पार्टी एकता संयोजन समितिको बैठक समेत राखेको नेताहरुले बताएका छन् ।
नेकपा एमाले एकता संयोजन समिति स्थायी समिति बैठक