मुख्य समाचार समाज

कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

कालिखोलामा पहिरो खस्दा  नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५:४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । 

 

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । रासस

पहिरो नारायणगढ-मुग्लिन सडकखण्ड सडक अवरुद्ध

विशेष