राजनीति

ओलीले भने, ठट्टा नमान्न आउँदो चुनावमा नेकपाकाे तीन चौथाई मत अाउँछ

प्रचण्ड र म मिलेर अब जेट चलाउँछौँ

ओलीले भने,  ठट्टा नमान्न आउँदो चुनावमा नेकपाकाे तीन चौथाई मत अाउँछ

काठमाडाैं । नवगठित पार्टीका सहअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफ्नो पार्टीले तीन चौथाइ मत ल्याउने दाबी गरेका छन्। बिहीबार एमाले - माअाेवादी केन्द्रबीचकाे एकता सभामा बोल्दै उनले दुई अध्यक्ष अहिलेको आवश्‍यकता भएको बताएका हुन् ।

 

उनले भने, ‘कसैलाई लाग्ला दुई अध्यक्ष किन? टेम्पु चलाएको होइन जेट चलाउन लागेको हो। चालक गुडने होइन, चक्का गुड्ने हो।’ उनले आफू बिहीबार जीवनकै खुसी भएको समेत बताए ।

 

‘हुन त अघि पछि पनि भएँ होला। प्रचण्डले नमानेको भए एकता हुन्थ्यो? एकता एक्लै गरेर हुन्न ! दुई देश मिल्दा दुई ब्यक्तिले सही गर्नु पर्छ,’ उनले भने। उनले अब कम्युनिस्ट जुट्ने मात्र बताए।

 

'अब एक्लै बहुमत छ। एउटा पार्टीको सरकार छ । मिलिजुली छ वटा प्रदेशको सरकार थियो अब एउटाको सरकार छ। अझै पनि छिटफुट ससाना पसल नथापौँ,’ उनले भने।

 

उनले सबै कम्युनिस्ट मिलेर एकै हुन पनि आग्रह गरे । यस्तै ओलीले आउँदो चुनाबमा नेकपा तीन चौथाई सहित सरकारमा हुने दाबी गरे। कतिपयलाई यो ठट्टा लागे पनि ठट्टा नमान्न उनले आग्रह गरे। उनले भने, ' छ महिनाअघि क- कसलाई के- के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुस् त ?'

पार्टी एकता केपी अाेली

विशेष