मुख्य समाचार राजनीति

भागबण्डाले पार्टी एकतामा धेरै समय टिक्दैनः बिजुक्छें 

'मोदीलाई अरुण तेस्रोको साँचो हस्तान्तरण गरेपछि अाेलीकाे चरित्र प्रष्ट भयाे'

भागबण्डाले पार्टी एकतामा धेरै समय टिक्दैनः बिजुक्छें 

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् । 


रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी समेत गरे । दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दिर्घकालिन स्वरुप नदेखिएको उनले बताए ।

 
उनले रुसको कम्यूनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भएपनि सैदान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरुले बुझ्नु पर्ने बताए ।

 

हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्ष भित्रै फुटको अवस्था पुग्ने उनका दाबी थियाे ।


वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारिको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरुकै कारण जनताको हितमा काम गर्ने छेक छन्द नदेखिएको उनकाे अाराेप छ ।

 

उनले बिगत पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकाले पाँच वर्ष सत्ता चलाए पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने बताए ।


बिगतमा सरकारका प्रमुख भारत गएर देशका नदि नाला बेच्ने गरेता पनि भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाएको बिजुक्छेंले अाराेप लगाए ।


 

नारायणमान बिजुक्छे एमाले माअाेवादी एकता

विशेष