राजनीति भिडियो इतिहास र अनुभूति

भारतको भय, चीनले नेपालमा रेल ल्याइहाल्ला कि !: डा. सुरेन्द्र केसी (भिडियोसहित)

"अरुण तेस्रो भारतीय कम्पनीलाई दिँदा एनजीओवालाहरु किन एक शब्द बोल्दैनन् ?"

भारतको भय, चीनले नेपालमा रेल ल्याइहाल्ला कि !: डा. सुरेन्द्र केसी (भिडियोसहित)

काठमाडौं । नेपालआज डटकमको नियमित स्तम्भ ‘इतिहास र अनुभूति’का स्तम्भकार डा. सुरेन्द्र केसीले वैशाख २८ मा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको उद्देश्य नेपाललाई अल्मल्याउनका लागि हुन लागेको टिप्पणी गर्नु भएको छ ।

 

नियमित स्तम्भमा कुरा गर्दै केसीले नेपालले कतै चीनसँग अगाडि बढेर सम्झोता गर्ला कि भन्ने डरले पनि भारत बढी चलाख भएको बताउनु भएको छ । चीनले नेपालसम्म रेल ल्याउला कि, अन्य सडकहरु खुल्छन् कि, परिवहन सम्बन्धी थप काम हुन सक्छन् कि भन्ने भयका कारण भारत सजग भएको केसीको तर्क छ । केसीले भारतको इच्छाबाहिर नेपाल कतै नजाओस् भन्ने भारतीय पक्षको पुरानै चाहना हो । 

 

हिजो पञ्चायतकालमा चिनियाँ मामिलामा हामी निकै गम्भीर थियौं । भारत नेपाल सम्बन्धमा अलि कमजोर थियो । १९५० को सन्धिलाई उपेक्षा गरेर चीनबाट हतियार राजाले ल्याइदिए । भारतले नाकाबन्दी पनि लगायो । त्यो नाकाबन्दीले पञ्चायती व्यवस्था पनि गयो । सुरक्षामामिला संवेदनशील छ भारत भन्ने स्पष्ट हो । कोदारी राजमार्ग बन्दा भारतले असन्तुष्टि जनायो । त्यो बेला नेपालको कुटनीतिक बलियो भएका कारण भारतलाई टेरेन । अहिले कोदारी राजमार्ग भूकम्पको विषय बनाएर चीनले खोलेन ।


नेपालीहरुको जवाफदेहीता, संवेदनशीलता छैन । ४७ सालपछि त झन भद्रगोल भयो । जसका कारण हामीले चीनको विश्वास गुमाउँदै गएका छौं । भारतीय अधिकारीहरुका निम्नस्तरीय कर्मचारीले समेत नेपालका नेताहरुलाई हेप्न थालेका छन् । जस्तो कि विमानस्थलमा मार्सल राख्ने भारतीयको चाहना पूरा भयो । अरुण तेस्रो, अपर कर्णाली, महाकाली सन्धि सबै सैन्यविषयसँग सम्बन्धित छ । विश्व बैंकले अरुण तेस्रोमा लगानी गर्न लाग्दा लखेटियो । एनजिओहरु कराउन थाले । अहिले त्यही अरुण तेस्रो भारतीय कम्पनीलाई दिँदा एनजिओवालाहरु एक शब्द बोल्दैनन् । 


यसकारण नेपाललाई अहिले चाहिएको भनेको सक्षम कुटनीति चलाउने सरकार हो । सरकार कुटनीतिक मामिलामा स्पष्ट नभएसम्म देशले दुःख पाइरहन्छ । भारतको एग्रेसीभ डिप्लोमेसी छ । चीनको क्वाइट डिप्लोमेसी छ । नेपालमा चिनियाँ राष्ट्रपति आउने कुरा थियो यसअघि । नेपालमा विवाद भयो । चिनियाँ राष्ट्रपति बंगलादेश गए । ठूलो सहयोग राशी बंगलादेशले पायो ।

 

युरोपेली र अमेरिकी मुलुकले पनि नेपाललाई भारतको आँखाले हेर्ने भन्ने छ । भारतलाई युरोपमुखी बनाउनका लागि पनि नेपाललाई भारतमुखी बनाउने खतरा छ । केपी ओलीले देखाएको भारतभक्तिको कारण चीन सशंकीत भएको छ । केपी ओलीले देखाएको भारतभक्तिका कारण चीनले बुझेको कुरा के हो भने, ‘तिमीहरुलाई यति धेरै भारतभक्ति छ भने भैगयो नि त तिमीहरुलाई भारतमार्फत नै सहयोग गरुँला’ भनेको हो । 

 

शेरबहादुर देउवाले गोवामा गरेको हर्र्कतले उनी चुनावमा पराजित भएका हुन् । ओलीले त दिल्लीमा आफ्नै दूतावासमा बोलाएर मास्टर कर्माको खादा ओढे । नेपालको एक
चीन नीति नै स्पष्ट भएन । 

 

हिजो प्रचण्डलाई लम्पसारवादी भन्ने ओलीले अहिले भारतभक्ति देखाएको उदेक लाग्दो छ । त्यसमाथि बोआओ सम्मेलन छाडेर भारत जाने केपी ओलीको पूर्वअडानविपरीत छ ।

डा. सुरेन्द्र केसी इतिहास र अनुभुति

विशेष