मुख्य समाचार राजनीति

वाम एकतामा निधिकाे व्यंग्यः कम्युनिष्ट र निर्दलवादीको लोकतान्त्रिक यात्रा रुचिकर

वाम एकतामा निधिकाे व्यंग्यः कम्युनिष्ट र निर्दलवादीको लोकतान्त्रिक यात्रा रुचिकर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुईवटा ठूला पार्टी मिलाएर केपी शर्मा ओली र पुष्पकमल दाहालले क्षमता प्रदर्शन गरेको बताएका छन् ।

 

ट्विटरमा निधीले दुईवटा कम्युनिष्ट पार्टी मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाएकोमा वधाई पनि दिएका छन् । उनले पार्टी एकीकरण सुखान्त भए लोकतन्त्र बलियो हुने र दुखान्त भए अधिनायकतन्त्र बलियो हुने बताएका छन् ।

 

आफू सुखान्त हुनेमा आसावादी रहेको निधीले बताए । उनले भनेका छन्, ‘हामीसँग कम्युनिष्ट र निर्दलवादी दुवैको लोकतान्त्रिक यात्रा रुचिकर छ ।’ लामो समयको अन्योलपछि नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकीकरण भएको छ ।

विमलेन्द्र निधी काँग्रेस केपी शर्मा ओली प्रचण्ड

विशेष