मुख्य समाचार राजनीति

ओली बने नेकपाको संसदीय दलको नेता

ओली  बने नेकपाको संसदीय दलको नेता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा केपी शर्मा ओली चयन भएका छन् ।

एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुन बाँकी छ ।

 

यसअघि एमालेले सुवास नेम्वाङलाई उपनेता बनाएको थियो भने खगराज अधिकारीलाई प्रमुख सतेचक र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको थियो । माओवादी केन्द्रमा प्रचण्ड संसदीय दलको नेता र देव गुरुङ प्रमुख सचेतक थिए ।

केपी शर्मा ओली नेकपा संसदीय दलको नेता

विशेष