मुख्य समाचार राजनीति

सभामुखले भने- सांसदका कुरा सुन्नुपर्यो सरकार

सभामुखले भने- सांसदका कुरा सुन्नुपर्यो सरकार

काठमाडौं  । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

संसद सुरु भएयता सांसदहरुले विभिन्न विषय उठाए पनि सरकारका मन्त्रीहरु अनुपस्थित भएपछि सभामुखले ध्यानाकर्षण गराएका हुन् । 

 

'यो सदन सुरु भएपछि विशेष समय लिएर माननीय सदस्यहरुले धेरै महत्वपूर्ण विषय उठाउनुभएको छ', शुक्रबारको बैठकमा उनले भने, 'म सरकारको ध्यानाकर्षण गराउँछु, ध्यानाकर्षण भएकै पनि हुनुपर्छ ।'

 

सांसदहरुले विशेष समय लिएर राष्ट्रिय र स्थानीय समस्या उठाउने गरेका छन् । यो समाचार आजको कान्तिपुरको पृष्ठ २ मा छापिएको छ ।

कृष्णबहादुर महरा सभामुख

विशेष