मुख्य समाचार राजनीति

देव गुरूङले भने,‘…सरी, जिब्रो लटपटिएछ’

देव गुरूङले भने,‘…सरी, जिब्रो लटपटिएछ’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष प्रचण्डलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भने,’सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको नाम लिँदा यस्तो अलमल हुन सक्छ ।’

 

दुई दिनअघि मात्र एकता भएकाले पहिलो बैठक सञ्चालनका क्रममा नेता गुरुङले पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता प्रधानमन्त्री केपी ओलीलाई आशन ग्रहण गराएपछि अध्यक्ष प्रचण्डलाई मञ्चमा बोलाउँदा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष भन्न पुगेका थिए ।

 

नेता गुरुङ, तत्कालीन माओवादी केन्द्रको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक भएकाले पनि उनको जिब्रोमा प्रचण्डलाई माओवादीका अध्यक्ष भन्दै आएको हुनसक्छ । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

 

नेपाल कम्युनिष्ट पार्टी देव गुरूङ संसदीय दलको बैठक

विशेष