मुख्य समाचार राजनीति

प्रदेश ३ लाई धुलोमुक्त बनाइन्छः स्थापित

प्रदेश ३ लाई धुलोमुक्त बनाइन्छः स्थापित

काठमाडाैं । प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नम्बर प्रदेशको सडकलाई धुलोमुक्त बनाउने बताएका छन् ।

 

प्रदेश मन्त्रालयद्वारा शनिबार ‘‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडौँमा आयोजित भेलामा उनले ३ नम्बर प्रदेशलाई धुलोमुक्त बनाउने बताएका हुन् ।

 

उनले चाँडै नै अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गरेर उक्त प्रविधि नेपाल भित्र्याइ सडकलाई धुलोमुक्त बनाउने जानकारी गराए । ‘प्रदेश ३ मा अधिकांश सडक अझै कालोपत्रे भएका छैनन्, त्यसैले ग्राभेल सडकमा एग्रीविन्ड रसायन प्रयोग गरी धुलोलाई नियन्त्रण गरिनेछ’, उनले भने ।

 

उक्त प्रविधिमार्फत एग्रीविन्ड नामक रसायन प्रयोग गरी सडकलाई धुलौटो बनाएर जमाउने काम गरिन्छ जसले गर्दा सडकमा रहेको धुलो जमेर उड्न पाउँदैन । उनले भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको समेत जानकारी गराए । 

प्रदेश ३ धुलोमुक्त

विशेष