राजनीति

पार्टी एकतापछि हाैसीएका कार्यकर्ता भन्छन्ः ३ महिनाभित्र सबै संगठन पुनर्निर्माण हुन्छन्

पार्टी एकतापछि हाैसीएका कार्यकर्ता भन्छन्ः ३ महिनाभित्र सबै संगठन पुनर्निर्माण हुन्छन्

काठमाडौं  । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कार्यकर्ता तहमा उत्साह देखिएको छ । दुई पार्टी मिलेर ठूलो पार्टी बनेपछि पार्टीले आगामी दिनमा खेल्ने भूमिका र कार्यदिशाका बारेलाई लिएर पनि कार्यकर्तामा उत्साह देखिएको छ । 

 

कार्यकर्ताको उत्साहलाई मर्न नदिन अब छिटै कार्यकर्ताको तल्लो तहसम्मै पार्टीको संगठन पुर्नगठन गर्ने नेताहरुले बताएका छन् । पार्टीका विभिन्न जनवर्गिय संगठनहरुलाई ३ महिनाभित्रमा एकैसाथ पुननिर्माण गर्ने गरि तयारी थालिएको नेताहरुले बताएका छन् । 

 

अबको ३ महिनाभित्रमा केन्द्र देखि स्थानीय तहसम्मका सबै संगठनहरु पुननिर्माण भैसक्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

 

 नेकपा कम्युनिष्ट पार्टीको एकलौटी बहुमतको सरकार भएकाले अब विकास र समृद्धिको दिशामा अगाडी बढ्नमा कसैले नरोक्ने पनि महासचिव पौडेलले बताए । प्रदेश सरकार र स्थानिय सरकार पनि प्रभावकारी रुपमा सञ्चालन गर्नमा अब सजिलो हुने पौडेलले बताए  । 
 

पार्टी एकता कार्यकर्ता संगठन पुनर्निर्माण

विशेष