राजनीति मुख्य समाचार

हामीलार्इ घमण्ड गर्ने फुर्सद छैन, कांग्रेसले आत्तिनु पर्दैनः अाेली

हामीलार्इ घमण्ड गर्ने फुर्सद छैन, कांग्रेसले आत्तिनु पर्दैनः अाेली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलप्रति आफूहरु उदार भएर अघि बढ्ने बताएका छन् । उनले नेकपा नेपालमा अहिलेसम्मकै ठूलो लोकतान्त्रिक पार्टी भएको भन्दै कांग्रेसलाई नआत्तिन आग्रह गरे ।

 

एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरेपछि शनिबार बसेको पहिलो संसदीय दलको बैठकमा ओलीले भने, 'कांग्रेस आत्तिनु पर्दैन । हाम्रो शक्तिलाई देश बनाउन प्रयोग गर्छौं, विपक्षीलाई दमन गर्न होइन ।’


आफूहरु घमण्डी हुन्छन् कि भन्न चिन्ता नगर्न पनि आग्रह गरे । ओलीले भने, ‘हामी घन्मण्डी हुन्छौं कि भन्ने चिन्ता विपक्षीलाई लाग्न थालेछ । तर, देश बनाउन यति ठूलो भारी बोकेर हिँडेका छौं, कसलाई घमण्ड गर्ने फुर्सद ।’

 

उनले देश र जनताको हितमा आवश्यक परे संविधान संशोधन गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन जनतालाई अधिकार सम्पन्न बनाउनका लागि गर्ने हो । कुन धाराले अधिकार दिएर, त्यो हेनुपर्छ ।’

केपी ओली प्रधानमन्त्री नेकपा

विशेष