मुख्य समाचार राजनीति

अाेलीकाे अंक गणितको धाकमा कांग्रेस विचलित हुँदैनः गगन थापा

'राष्ट्रपति पदको मर्यादा र गरिमा विर्सेर बरालिन थालिन्'

अाेलीकाे अंक गणितको धाकमा कांग्रेस विचलित हुँदैनः गगन थापा

स्याङ्जा । कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेको आरोप लगाएका छन् ।

 

 नेपाल तरुण दलले आइतबार बिहान आयोजना गरेको तरुण प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपतिले पदको दुरुपयोग गरेको टिप्पणी गरेका हुन् ।

 

उनले भने, 'राष्ट्रपति पदको मर्यादा र गरिमा विर्सेर बरालिन थालेकाे देखियाे । अाफ्नाे गरिमालार्इ बिर्सेर सितल निवास नेकपाका नेताकाे छलफल गर्ने थलाे बनाउदै हुनुहन्छ ।'

 

पदको मर्यादा र गरिमा उच्च सम्मान र ख्याल गर्नसमेत राष्ट्रपतिलाई उनले आग्रह गरेका थिए । यस्तै प्रधानमन्त्री ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको आरोप पनि नेता थापाले लगाए । 

 

उनले अंक गणितको धाक लगाउँदैमा कांग्रेस विचलित नहुने दाबी गरे । राणा शासन, राजालाई पराजित गर्दै आएको इतिहासलाई स्मरण गर्दै कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने पनि उनको दाबी थियो ।

 

प्रधानमन्त्री ओलीले बहुमतको दम्भ देखाइरहेको भन्दै उनले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न सुझाव दिए । उनले भने, 'टेम्पोको इन्जिन राखेर जेट चलाएको भन्दै घमण्ड नगर्नु ।'

गगन थापा राष्ट्रपति काँग्रेस विद्या भण्डारी

विशेष