मुख्य समाचार राजनीति

एमाले-माओवादी केन्द्रको एकताबाट मुलुकमा परिवर्तन आशा नगरे हुन्छः चित्रबहादुर केसी

एमाले-माओवादी केन्द्रको एकताबाट मुलुकमा परिवर्तन आशा नगरे हुन्छः चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट मुलुकमा परिवर्तन आशा गर्न नसकिने बताएका छन् ।

 

आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले दुई संसदीय पार्टीको एकता हुँदा मुलुकमा कुनै परिवर्त नहुने टिप्पणी गरे । केसीले दुई दल मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी हात घुमाएर नाक समाउनु जस्तै भएको बताए ।


उनले एमाले र माओबादीको सरकार नेपाली जनताले देखिसकेको भन्दै अहिले परिवर्तनको आशा नगर्न जनतालाइ आग्रह गरे । ‘दुई दलले राजनीति प्रमाणित गर्नलाई एकीकरण गरे, यसको टिकाउको बारेमा अहिले केही नबोलौं, कुनै स्वार्थका बीच भए केही दिनमै वाहिर आउँछ’ केसीले भने ।

 

चित्रबहादुर केसी एमाले-माओवादी एकता

विशेष