मुख्य समाचार राजनीति

एमाले–माओवादीले हाम्राे पार्टीकाे नाम चाेरे: ऋषिराम कट्टेल

एमाले–माओवादीले हाम्राे पार्टीकाे नाम चाेरे: ऋषिराम कट्टेल
काठमाडौं । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दलको नामसँग मिल्ने गरि नेकपा एमाले र माओवादी केन्द्रले एकीकरण गरेको पार्टीको नाम राखेकोमा आपत्ति जनाएको छ । 
 
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्ने भ्रामक र गैह्र कानूनी समाचार सञ्चारमाध्यमबाट प्रकाशित भइरहेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले आपत्ति जनाएको हो । 
 
नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचन देखि निर्वाचन आयोग मा विधिवत दर्ता भएको दल भएको भन्दै कट्टेलले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । ऋषि कट्टेलले जारी गरेको विज्ञप्ति यस्तो छ । 
 

प्रेस विज्ञप्ति
मितिः— ६ जेठ २०७५ 
विषय : भ्रामक र गैह्र कानुनी समाचार सम्प्रेषण वारे । 
हालै एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट गठन गरे र नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको भन्ने भ्रामक र गैह्र कानुनी समाचार प्रति नेपाल कम्युनिष्ट पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ । नेपालको संचार जगतलाई तथ्य सथ्य समाचार सम्पे्रषण गर्न आग्रह गर्दै वास्तविकता योे प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । 
(१) नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचन देखि निर्वाचन आयोग मा विधिवत दर्ता भएको दल हो । पछिल्लो पटक निर्वाचन आयोगको मिति २०७४। ५। २२को निर्णय अनुसार संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको छ । 
(२) यही ऐन को दफा ६मा दलदर्ताहुन नसक्ने बिभिन्न कारणहरु को उल्लेख गरेकोछ । दफा ६ को उपदफा ड मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्ह संग मिल्ने भएमा दलदर्ता हुन नसक्ने प्रष्ट व्यबस्था गरेको छ । त्यस कारण नेपाल को कानुन र संविधान अनुसार निर्वाचन आयोग मा अर्को नेपाल कम्युनिष्ट पार्टी दर्ता हुनै सक्दैन । 
(३) यही ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सोतानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको छ । सत्य तथ्य के हो निर्वाचन आयोगले छिटै सार्वजनिक जानकारी गराउने नै छ । (३) यस्तो प्रष्ट कानुनी व्यबस्था हुदाहुदै सरकारमा रहेका दलहरुले नै यस्तो गैह्रकानुनी कृयाकलाप गर्नाले नेपालको संविधान ,कानुन र सिङ्गो संसदीय व्यबस्था लाई नाङ्गो पारेको छ र सत्तासिन दलहरुको अधिनायकवादी चरित्रको पर्दाफास गरेको छ । 
(४) प्रष्ट कुरै नवुझि वा जे भएको हो त्यही सम्म पनि नभनि सत्ताको दलाली गर्ने सैलीले नेपाली संचार माध्यमले भ्रामक र गैह्कानुनी समाचार सम्प्रेषण गर्नु दुखःद पक्ष हो । यसले संचार जगतको निक्ष्पक्षता ,विश्वसनियता र मर्यादामा गम्भिर आँच पुग्ने कुरा प्रष्टै छ । 
(४) नेपाल कम्युनिष्ट पार्टी वर्तमान समयमा संवैधानिक दायरा भित्रैवाट आफ्नो संघर्ष अगाडी वढाउन चाहन्छ । यदि सत्तासिनहरु असंवैधानिक एवं गैह्र कानुनी वाटो अवलम्वन गर्दछन भने नेपाल कम्युनिष्ट पार्टी त्यसको प्रतिरोध गर्नसक्षम रहेको कुरा पनि जानकारी गराउन चाहन्छौ । 
ऋषिराम कट्टेलद अध्यक्ष ,नेपाल कम्युनिष्ट पार्टी

विशेष