राजनीति मुख्य समाचार

तत्कालिन एमालेबाट को को बन्दैछन् नेकपाकाे केन्द्रीय सदस्य ? (सूचीसहित)

तत्कालिन एमालेबाट को को बन्दैछन् नेकपाकाे केन्द्रीय सदस्य ? (सूचीसहित)

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यमा रहने नयाँ सदस्यहरुको तत्कालिन एमालेेले टुंगो लाग्न थालेको छ । साविककाे एमालेको केन्द्रीय समितिमा नरहेका र एकीकृत पार्टीमा आफ्नो भागमा परेका सदस्याको टुंगो लगाउने क्रममा विघटित एमाले रहेको छ ।

 

नेकपामा ४४१ केन्द्रीय सदस्य रहनेमा विघटित एमालेकाे भागमा २४१ र तत्कालीन माओवादीको भागमा २०० जना परहेका छन् । एमालेमा पहिले नै २०० भन्दा बढी सदस्य रहेकाले बाँकी सदस्यका लागि नेताहरुबिच रस्साकस्सी भएको छ । 

 

 नेकपाकाे केन्द्रीय सदस्यामा अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा तथा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पाैडेल पनि रहेका छन् । यस्तै युवा नेताहरुबाट तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत,घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरीले पनि केन्द्रीय कमिटीमा स्थान पाएका छन् ।

 

भरतपुर महानगपालिकाकाे मेयरमा हारेका देवी ज्ञवाली पनि केन्द्रीय कमिटीमा अटाएका छन् । तत्कालीन एमालेकाे स्थायी कमिटी बैठकले थप केन्द्रीय सदस्यको नाम तय गर्ने जिम्मा ओली र नेपाललाई दिएको थियो ।

शीर्ष नेताले नाम टुंगो लगाए पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्यको नाम नआएकाले अहिलेसम्म औपचारिक रुपमा सूची सार्वजनिक गरिएको छैन । 

सम्भावित केन्द्रीय सदस्यहरू

डा. युवराज खतिवडा

गोकुल बास्कोटा

डोरमणि पौडेल

महेश बस्नेत

देवी ज्ञवाली

विनोद ढकाल

नरेश खरेल 

गौरी ओली

निरज आचार्य

विष्णु रिजाल

तिलकुमार मेयाङ्बो

महेश रेग्मी

राजेन्द्र गौतम

देवेन्द्र दाहाल

आनन्दप्रसाद पोखरेल

प्रमोदनारायण शाह

समिममिया अनसारी

कैलाश ढुंगेल

बसन्त मानन्धर

महेश पाण्डे

विनोद श्रेष्ठ

केशवलाल श्रेष्ठ

श्रीनाथ बराल

खगराज अधिकारी

शारदाप्रसाद सुवेदी

दिलुकुमारी पन्त

टेकबहादुर राना

लक्ष्मण ज्ञवाली

नरुलाल चौधरी

बिमला घिमिरे

गोविन्द शाह

चन्द्रबहादुर शाही

दयालबहादुर शाही

भानुभक्त जोशी

लिला भण्डारी

साध्यबहादुर भण्डारी

रामेश्वर राना

एकबहादुर राना

अच्युत मैनाली

सारदा सुवेदी

बलराम बास्कोटा

नेकपा केन्द्रीय सदस्य तत्कालिन एमाले

विशेष