मुख्य समाचार राजनीति

संविधान संसोधन गरेरै भए पनि मधेसी दललार्इ सरकारमा ल्याउछाैँः प्रचण्ड

संविधान संसोधन गरेरै भए पनि मधेसी दललार्इ सरकारमा ल्याउछाैँः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी दलले उठाउँदै आएको संविधान संशोधनमा केही प्राविधिक विषय मात्र  बाँकी रहेको बताएका छन्।

 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रचण्डले सञ्‍चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै  भने, ‘ संविधान संशोधनमा केही प्राविधिक विषय मात्र  बाँकी छ। त्यो मिले लगत्तै संविधान संसोधन हुन्छ र मधेसी दल समेत सरकार आउँछ।’

 

यता, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि मधेशी सांसद राजेन्द्र महतोले संविधान संसोधनको विषय नसमेटिको भन्दै आपत्ति जनाएका थिए।

संविधान संसोधन प्रचण्ड मधेसी दल

विशेष